ghar sansar

होलीको शुभकामना

little buddha academy
khasi

विगत वर्ष झैं यसवर्षको रंगहरुको पर्व होली हामी माझ आइपुगेको छ । प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमालाई होली पूर्णिमाका दिन होली पर्व भनिन्छ । रंग दलेर शुभकामना साटासाट गर्दै होली मनाईन्छ । होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ । होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ । होली रंगहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रंगहरू हालेर एक अर्कालाई रंगिन बनाउँछन् ।

dirghayi clinic

होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रंग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । यस दिनलाई राष्ट्रिय पर्वको पनि लिइन्छ । आपसी सद्भाव, मेलमिलाप र खुसी साटासाट गरी फागुपूर्णिमा अर्थात् रङहरुको पर्व होली देशका सबै जिल्लाहरुमा धुमधामसित मनाइदैछ । हरेक वर्ष रंगहरुको पर्व भनिने होलीमा परिवार, इष्टमित्र तथा साथीभाई बीचमा एक आपसमा विभिन्न रंगहरु दलेर खुसियाली साटासाट गर्ने गरिन्छ । तराईका जिल्लाहरुमा दोस्रो दिन र पाहाडी जिल्लाहरुमा अघिल्लो दिन होली पर्व मनाइन्छ । होलीमा कसैको इच्छा विपरित रंङ छ्याप्ने, लोला हान्ने, फोहोर पानीमा मोबिल लगायत वस्तु राखेर बाटोमा हिड्नेलाई छ्पाप्ने जस्ता अमर्यादित गतिविधि समेत गर्ने गरिन्छ तर यस्तो गरेमा गर्नेलाई कारवाही हुने गरेकोले अहिले केही सतर्क हुन थालेको पाइन्छ ।

,orning glory badhai

होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई प्रल्हादकी फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ । फागु पूर्णिमा अर्थात होली पर्व नेपालमा निकै हर्षोल्लाशका साथ मनाउने गरिन्छ । नेपालमा यो पर्व धुमधाम गरी, अरू ठुला चाडहरू जस्तै रमाइलो गरी मनाइन्छ ।

देश भित्र वसोवास गर्ने अधिकांश समुदायको सांस्कृतिक पर्र्वका रुपमा रहेको होलीलाई जसरी मनाउने गरे पनि आखिरमा यसपर्वको उद्देश्य एकआपसमा भाइचारा बढाउने, असत्यमाथि सत्यको विजय, खुसीयाली बाड्नु नै हो । यस्ता पर्वले मानव जीवनमा सौभाग्यलाई आमन्त्रित गर्दछ भन्ने भनाई रहेको पाइन्छ । वसन्त ऋतुको आगमनसगै हर्षपूर्वक स्वागत गरिन्छ । तर पछिल्लो समयमा सांस्कृतिक पर्र्वका रुपमा रहेको होलीलाई समय अनुकुल ढाल्ने र पुरानो परमपरालाई हटाउदै जाने गरेको आभास हुन्छ । त्यती मात्र नभएर होली मनाउने क्रममा देखिएका सांस्कृतिक मूल्य, मान्यता विपरितका व्यवहार पनि देखा पर्ने गरेका छन् । विकृतपूर्ण व्यवहारलाई नियन्त्रण गर्न समाजका सबै वर्ग समुदाय र स्थानीय प्रशासनले पनि विशेष जिम्मेवार हुनु आवश्यक छ । सबै नेपालीहरुले हर्षोल्लास पूर्वक रङहरुमा रमाएर मनाइने होली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना ।

Himal dental
सम्बन्धित
Loading...