ghar sansar

साधारण स्कुलले स्वर्ण जयन्तिमा गराउँदैछ सुदूरपश्चिम स्तरीय भलिबल प्रतियोगिता, सबै जिल्लाका विद्यालयलाई सहभागी हुन आव्हान

khasi

महेन्द्रनगर । सुदूरपश्चिममा ठूलो धन राशिको सुदूरपश्चिम प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुन लागेको छ ।

महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक बिद्यालय साधारण स्कुलले आफ्नो स्वर्ण जयन्तिको अवसरमा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने तयारी थालेको छ ।

ratnam

विद्यालयले आगामी पुस १५ गते स्वर्ण जयन्तिलाई स्वर्ण महोत्सवका रुपमा मनाउन लागेको छ । २०३३ मा स्थापना गरिएको बिद्यालय पुस देखि ५० औ वर्ष प्रवेश गर्न लागेको छ ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र राज बिष्टले प्रतियोगितामा सहभागी हुन सुदूरपश्चिमका सबै बिद्यालयलाई पत्राचार गरिएको जानकारी दिए ।

सामाजिक सञ्जालबाट पनि अध्यक्ष बिष्टले सहभागिताका लागि आग्रह गरेका छन् ।

dirghayi clinic

उनले भनेका छन् – प्रथम सुदूरपश्चिम स्तरीय खुला विद्यालय पुरुष भलिबल प्रतियोगिता–२०८३ मा सहभागी हुन सुदूरपश्चिमका सम्पूर्ण विद्यालयहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ । आफ्नो विद्यालयको प्रतिभा चिनाउने र खेलकुद मार्फत आपशी एकता बढाउने यो सुनौलो अवसर नगुमाऔँ । समयमै टिम दर्ता गरौँ, प्रतियोगितालाई भव्य बनाऔँ ।

विद्यालयले केही दिन अघि पत्रकार सम्मेलन गरी स्वर्ण महोत्सवको लोगो सार्वजनिक गरेको थियो ।

साधारण स्कुल सुदूरपश्चिममा सबैभन्दा बढी विद्यार्थी अध्ययन गराउने सरकारी बिद्यालय हो । साधरण स्कुलमा हाल तीन हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रतियोगितामा प्रथम हुने टीमले एक लाख २५ हजार ५ सय २५, द्वितीय ७५ हजार ५ सय २५ र तृतीयले २५ हजार ५ सय २५ नगद पुरस्कार पाउने भएको छ ।

विद्यालय व्यवस्थापन समितको नेतृत्व बिष्टले लिएपछि १० गुना विद्यार्थी संख्या बढाएका हुन् ।

यसैबीच बिद्यालयमा अन्तर सदनात्मक खेलकुद प्रतियोगिता सुरु भएको छ ।

Himal dental
सम्बन्धित
Loading...