


महेन्द्रनगर । आदर्श नेपाल भाँसीले ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । संस्थाको २६ औं साधारण सभा तथा ११ औ अधिवेशनमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
संस्थाका गणेश बोहराको अध्यक्षता र समाजसेवी बिनोद विष्टको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । कार्यक्रममा समाजसेवी लिलाध्वज बस्नेत, महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्ट, योग समिति कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशी विशिष्ठ अतिथि थिए ।
