ghar sansar

जिल्ला लिग फुटबल प्रतियोगितामा १३ क्लबका २ सय ३४ खेलाडी सहभागी हुँदै

little buddha academy
khasi

महेन्द्रनगर । खुला मञ्चमा बैशाख ३ गतेदेखि हुने जिल्ला लिग फुटबल प्रतियोगिता–२०८१ मा १३ क्लबका २ सय ३४ खेलाडी सहभागी हुने भएका छन् ।

कञ्चनपुर जिल्ला फुटबल संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको जिल्ला लिग फुटबल प्रतियोगिता यस वर्ष बैशाख ३ गतेदेखि आयोजना गर्न लागेको हो ।

,orning glory badhai
dirghayi clinic

कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले अहिले प्रतियोगिता सञ्चालनका लागि तयारी भई रहेको जानकारी दिए ।

‘यो संघको बार्षिक कार्यक्रम हो, यस यस वर्ष बैशाख ३ गतेदेखि खुला मञ्चमा प्रतियोगिता गर्छौै’ उनले भने,‘अहिले त्यसको तयारीमा छौ, प्रतियोगितामा फुटबल संघमा आबद्ध रहेका १३ क्लबका २३४ जना खेलाडीहरु सहभागी हुने छन् ।’

प्रतियोगिता प्रथम हुने टिम कञ्चनपुर जिल्लाको नेतृत्व गर्दै प्रदेश लिग फुटबल प्रतियोगिताका लागि छनौट गरिने महासचिव रावलले बताए ।

Himal dental
सम्बन्धित
Loading...