

भोजराज पन्त
महेन्द्रनगर । बेदकोट नगरपालिका ९ नम्बर वडा कार्यालयको नव निर्मित भवन उद्घटान गरिएको छ । बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले भवन उद्घाटन गरे ।
भवन उद्घाटन गर्दै उनले भने, ‘अब वडाले भाडामा वस्नु पर्ने दिन गए वडाले नयाँ भवन वाट नयाँ जोस र जाँगरका साथ जन्ताको सेवा गर्ने छ । अब यो प्रशासनीय भवनमा प्रशासनीय कार्य तुरुस्त र दुरुस्त हुन्छ । जन्ता सवै भन्दा वढी वडा कार्यालयमा नै आउने भएकाले जनताको प्रत्यक्ष काम वडा कार्यलयमा नै हुन्छ त्यसैले जन्ताको राम्रो सेवा गर्नु हुन्छ भन्ने कुरामा आशावादी छु ।’



उनले वडा कार्यालय निर्माणका लागि २१ धुर (३५५.५६ बर्ग मिटर) दान गर्ने दाता ज्येष्ठ नागरिक जानकी देवी भाट र टेकेन्द्र भाटलाई अभिनन्दन गरे । यसैगरी जग्गा दाता परिवारका सदस्य तथा जग्गा दान गर्न पहल गर्ने जग्गा दाता रामी भाट, महेश भाट र बिना देबी भाटलाई समेत वडा कार्यालयले दोसल्ला ओढाएर सम्मान गरे ।

कार्यक्रममा वडा अध्यक्ष जनक वहादुर बिष्टले वडाको चौतर्फी विकास भइरहेको उल्लेख गर्दै भने, वडामा बाटो घाटो कालो पत्रे, बाटोको स्तरोन्नति, शिक्षा, स्वास्थ्यमा विकास भइरहेको र वडा उज्यालो वनाउने कार्य क्रम रहेको वडामा ७८ वटा सडक बत्ती बैषाख महिना भित्रै जडान हुने समेत जानकारी गराउँदछु ।’


