ghar sansar

भुजेलामा रमेश लेखक र बेल बहादुर राना विरुद्ध नाराबाजी भएपछि क्रिकेटका सात खेलाडी पक्राउ

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा ११ मा आयोजित डे नाइट टी १० मेयर कप क्रिकेट प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिति सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानालाई भेटनु पर्ने माग गर्दै आएका खेलाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार साँझ प्रतियोगिता समापनमा कार्यक्रमका प्रमुख अतिथि रानालाई भेट्न पुगेका भीनपा वडा नं. १३ का खेलाडीलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।

ratnam

सोमबार प्रतियोगिताका सेमिफाइनमा भीनपा १३ को टीमलाई अयोग्य घोषणा गरेपछि उनीहरु मंगलबार प्रमुख अतिथि रानालाई भेटन प्रतियोगिता स्थल पुगेका थिए । प्रतियोगिता समापनका प्रमुख अतिथि रानाले भेटन अस्वीकार गरेपछि नाराबाजीमा उत्रिएका खेलाडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले खेल मैदानबाट भीनपा १३ का ७ खेलाडीलाई नियन्त्रणमा लिएको छ ।

प्रतियोगितामा अम्पायर आग्रीले विना कारण भीनपा १३ को टीमलाई अयोग्य घोषणा गरेपछि वडा कार्यालयले अम्पारको निर्णय छानबिनका लागि प्रतियोगिताका संयोजक भीनपा ११ का वडा अध्यक्ष प्रकाश थापालाई माग पत्र बुझाएका छन् ।

भीनपा १३ कार्यवाहक अध्यक्ष बालादेबी नाथले थापालाई छानबिनका लागि अनुरोध पत्र बुझाएकी हुन् । वडा अध्यक्ष राम बहादुर बोहराले भीमदत्तका मेयर पदम बोगटीसित यसबारे फोनमा असन्तुतिष्ट पोखका छन् । अध्यक्ष बोहरा मंगलबार दिउँसो महेन्द्रनगर आएका छन् ।  उनी केही दिन अघि काठमाडौं गएका थिए । 

dirghayi clinic

 सोमबार खेलमा विवाद भएपछि केही समय स्थगित गरी फेरि खेल सुरु गरी भीनपा १३ का खेलाडीलाई अयोग्य घोषणा गर्दैै खेल मैदान बाहिर पठाइएको थियो ।

भीनपा १३ ले अम्पायर गणेश आग्रीले खेलाडीलाई अयोग्य घोषणा गरी मैदान बाहिर पठाएको भन्दै विज्ञप्ति निकालेको छ । अम्पायर आग्रीले यसलाई अस्वीकार गरेका छन् । उनले प्रतियोगिता आयोजकको निर्णय अनुसार आफूले खेल खेलाएको बताए । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश नाथले भुजेलाबाट सात जनालाई पक्राउ गरिएको बताए । होहल्ला गरेपछि पक्राउ गरिएको हो’ उनले भने ।

समापन कार्यक्रममा सहभागीहरुका अनुसार प्रमुख अतिथि रानाले भेटन अस्वीकार गरेपछि उनीहरुले राना र कञ्चनपुर क्षेत्र नंं ३ का साँसद रमेश लेखक विरुद्ध नाराबाजी गरेका थिए ।

भीनपा १३ ले ६ नम्बर वडाको टीमबाट वडा बाहिरका खेलाडीलाई समेत सहभागी गराएकाले त्यसको पनि छानबिन गर्न माग अघि सारेको छ । ६ नम्बर वडाको टीमबाट होटेल ओपेराको सीएमजी क्लब र नेपाल पुलिसका खेलाडीहरु समेत नियम विपरित सहभागी गरिएकाले छानबिनको माग गरिएको छ ।

प्रतियोगिताका संयोजकलाई पठाएको अनुरोध पत्रमा १३ नम्बर वडा कार्यालयको टीमलाई क्रिकेट कार्यविधिको कुन दफा अनुसार अयोग्य घोषणा गरिएको हो, त्यसको छानबिन गर्न माग गरिएको छ ।

वडा कार्यालयले पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय, भीमदत्त नगरपालिका र कञ्चनपुर जिल्ला क्रिकेट संघलाई पठाउँदै छानबिनका लागि आवश्यक पहल गरि दिन आग्रह गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...