ghar sansar

मुख्यमन्त्री पाएपछि सत्ता गठबन्धनमै फर्कियो समाजवादी

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिममा सत्ता साझेदार नेकपा एकीकृत समाजवादी फेरि सत्ता गठबन्धनमा फर्किएको छ । मुख्यमन्त्री नपाएपछि सत्ता गठबन्धन छाडेर काँग्रेस सहितको गठबन्धनलाई साथ दिएको समाजवादी दुई दिनपछि फेरि सत्ता गठबन्धनमा फर्किएको हो ।

समाजवादीले बैशाख २ गते सत्ता गठबन्धन छाडेर काँग्रेस सहितको गठबन्धनलाई साथ दिएको थियो । दुई दिनपछि समाजवादी सत्ता गठबन्धमा फर्किएर काँग्रेस सहितका दलको सहयोगमा मुख्यमन्त्रीमा दावी पेश गरेका नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीलाई लिएको समर्थन फिर्ता लिएको छ । सत्ता गठबन्धनबाट कैलाश चौधरी र काँग्रेस समाजवादी सहितको गठबन्धनबाट लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।

,orning glory badhai

समाजवादीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेशको राजनीति एकाएक फेरिएको छ । एकै दलका दुई नेताको दावीले मुख्यमन्त्री चयन गर्न नसकेका प्रमुख नजिर मिँया समर्थन फिर्तापछि थप अन्यौलमा परेका छन् ।

समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता सोडारीले मंगलबार समर्थन फिर्ता लिएका छन् । यस अघि उनलाई समाजवादीका अध्यक्ष माधव कुमार नेपालले निर्देशन दिँदा समेत उनी काँग्रेस सहितको गठबन्धन नछाड्ने अडान लिएका थिए ।

dirghayi clinic

सोडारीले मंगलबार प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् । समावादीका केन्द्रीय सदस्य प्रदेश सभा सदस्य प्रकाश रावलले सत्ता गठबन्धनमा छलफलपछि राजनीतिक अवस्था फेरिएको बताए । ‘पहिला हामीलाई मुख्यमन्त्री दिने भनिएको थियो, बिचमा नदिने कुरा आयो, अहिले फेरि मुख्यमन्त्री दिने भनेपछि अवस्था हेरफेर भयो’ उनले भने,‘अब समाजवादीको नेतृत्वमा सुदूरपश्चिममा सरकार बन्छ ।’

सत्ता गठबन्धनमा सहमतिपछि चौधरीलाई दिएको समर्थन फिर्ता लिएर नेताहरु मन्त्रालय भागबण्डा, हालसम्म मुख्यमन्त्री नियुक्तिका लागि गरिएका प्रक्रिया रद्द गर्ने लगायतका विषयमा छलफलमा जुटेका छन् ।

नेताहरुका अनुसार उनीहरुले प्रदेश प्रमुखलाई हालसम्मको मुख्यमन्त्री नियुक्ति प्रक्रिया रोकेर नयाँ प्रक्रिया थाल्न आग्रह गर्ने तयारी गरेका छन् ।

‘अब यो अवस्थामा प्रदेश प्रमुखलाई नयाँ प्रक्रिया थालेर मुख्यमन्त्री चयन गर्न आग्रह गर्र्छाै’ सुदूरपश्चिम प्रदेश सभा सदस्य रावलले भने ।

यसअघि कांग्रेसका कमल शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले १० दिनको समय दिएर दलहरूलाई मुख्यमन्त्रीका लागि दाबी पेस गर्न भनेका थिए ।

कांग्रेसको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले माओवादीको समर्थनमा सोही पार्टीका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...