

महेन्द्रनगर । प्रहरीले बिहीबार भारतबाट भन्सार छली गरी ल्याएको सात लाख रुपैँया बढी मूल्यको समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मातहतका विभिन्न प्रहरी इकाईले ती समान बरामद गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी चौकी झोलुङगेको टोलीले ५ लाख ८२ हजार ६ सय रुपैँयाको समान बरामद गरेको छ ।


यसैगरी इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको टोलीले ४९ हजार ८ सय २०, प्रहरी चौकरी परासन २८ हजार १ सय ९०, प्रहरी चौकी भुडा ४ हजार ३ सय ६० र अस्थायी प्रहरी पोष्ट सुकासालको टोलीले ४८ हजार मूल्य बराबरको समान बरामद गरेको छ ।
ती समानमा एक थान मोटरसाइकल सहित भिटामिन औषधि,, चिनी, पेय पदार्थ, सुर्ती, अण्डा,सलाई,तेल,गुट्खा,स्विी सुपारी,मिश्री छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले बरामद समान भन्सार कार्यालय पठाएको जानकारी दिएका छन् ।

