ghar sansar

दोधारा चाँदनीमा वडा अध्यक्ष रोकायाले चलाए विद्यार्थीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर

khasi

महेन्द्रनगर । दोधारा चाँदनीको जनज्योती माध्यमिक बिद्यालयमा नाक, घाटी तथा दन्त रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ् ।

महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरको सहयोग र दोधारा चाँदनी नगरपालिका– ८ वडा कार्यालयको सहकार्यमा जनज्योती माध्यमिक विद्यालयका विद्यार्थीहरुको लागि नाक, घाँटी तथा दन्त रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका– ८ का वडाध्यक्ष ओंम प्रकाश रोकायाले जानकारी दिएका छन् ।

Anant bahu travels

शिविरमा ३ सय ८२ जना बिद्यार्थीहरुले नाक, घाटी तथा दन्त रोग सम्बन्धी जाँच गराएका छन् । शिविरमा नाक, घाटी तथा दन्त रोग सम्बन्धी जाँच र औषधी समेत निशुल्क वितरण गरिएको छ् ।

dirghayi clinic

स्वास्थ्य नै धन हो उद्धेश्यले महाकाली प्रादेशिक अस्पताल कञ्चनपुर संग समन्वय गरि बिद्यालयमा नाक, घाटी तथा दन्त रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको दोधारा चाँदनी नगरपालिका– ८ का वढाध्यक्ष ओंम प्रकाश रोकायाले बताएका छन् ।

बिद्यार्थीलाई दिईएको स्वास्थ्य शिविरबाट ठुलो लाभ मिलेको वडाध्यक्ष रोकायाले बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने कार्यमा आफ्नो पहल जारी रहने वडाध्यक्ष रोकायाले बताए ।

महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरलाई दोधारा चाँदनी नगरपालिका– ८ का वडाध्यक्ष ओंम प्रकाश रोकायाले बिशेष धन्यबाद दिदै आगामी दिनहरुमा समेत समन्वय गरि बिभिन्न स्वास्थ्यका कार्यक्रम संचालन गर्न वडा कार्यालय तयार रहेको बताए ।

शिविरमा एमडिजीपी डा. अर्जुन भट्ट, नाक, कान घाटी रोग बिशेषज्ञ डा. प्रशान्त भट्ट, डेन्टल सर्जन डा. अस्मिता चटौत, मेडिकल अधिकृत बन्दना चौधरी लगाएत स्वास्थ्यकर्मीको टोली रहेको बिद्यालयका प्रधानध्यापक अमर बहादुर बिकले जानकारी दिएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...