ghar sansar

भीमदत्त नगरपालिकाको मूल गेटमा टाँगियो यस्तो ब्यानर, पहुँचवाला अतिक्रमणकारीले कब्जा गरेको जग्गा कहिले स्वामित्वमा आउँछ भीमदत्त सरकार

khasi

महेन्द्रनगर । भीमदत्त नगर विकास समिति( तत्कालिन महेृन्द्रनगर नगर विकास समिति) को अवैध रुपमा प्रयोग गरिएको जग्गा फिर्ताको माग गर्र्दै भीमदत्त नगरपालिकाको प्रवेशद्वारमा कालो ब्यानर लगाइएको छ ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले नगर विकास समितिको सम्पति नगर विकास समितिको स्वामित्वमा कहिले आउँछ भीमदत्त सरकार लेखिएको व्यानर प्रवेशद्वारमा टाँगेको हो ।

Anant bahu travels

गृह मन्त्रालयले सरकारी जग्गामा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन निर्देशन दिएपछि स्थानीय प्रशासनले गत चैत पहिलो सातादेखि प्रक्रिया अघि बढाएको थियो । त्यस अनुसार खाद्य व्यापार कम्पनी लि. र नेपाल बाल संगठनको जग्गामा भाडामा लिएर बसेका साना व्यवसायीलाई हटाएर जग्ग खाली गरिएको छ ।

dirghayi clinic

नगर विकास समितिको जग्गा अतिक्रमण गरी हटाउने आनाकानी हुने हल्ला बाहिर आएपछि दबावका लागि प्रवेशद्वारमा ब्यानर लगाइएको छ।

भीमदत्त नगरपालिका कार्यपालिका सदस्यले नगर विकास समितिको जग्गा कब्जा गरी अवैध भवन बनाएका छन् । चालु आर्थिक वर्षमा भीमदत्तले भवन निर्माणका लागि २५ लाख बढीको योजना सम्झौता गरेको छ ।

भीमदत्तले अवैध जग्गामा बनेको भवनलाई भुक्तानीका लागि विभिन्न उपाय खोजी गरि रहेका छन् । भीमदत्तका उप मेयर निलम लेखक जोशीको उपस्थितिमा अवैध भवनको छत ढलान गरिएएको थियो ।

Himal dental
सम्बन्धित
Loading...