ghar sansar

कृष्णपुरको जानकी सामुदायिक वनबाट घरेलु हतियार र चित्तलका टाउको सहित डेढ सय क्विन्टल मासु बरामद

khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिका –९ राजघाटस्थित जानकी सामुदायिक वनबाट डेढ सय क्विन्टल चित्तलको मासु सहित घरेलु हातहतियार बरामद गरिएको छ । प्रहरीले विहिबार राति पिपरैयास्थित जानकी सामुदायिक वनबाट पनि पाँचवटा चित्तलको टाउको सहित डेढ सय क्विन्टल वन्यजन्तुको मासु बरामद गरेको छ ।

dirghayi clinic

राति प्रहरी गस्ती टोलीले जंगलबाट चितल मारेर मासु गाउँमा ल्याउने क्रममा सिकारी समूहबाट मासुसहित घरेलु हतियार र एक मोटरसाइकल समेत बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले सिकारी समूहबाट से.१ प ४१११ नम्बरको एक थान मोटरसाइकलसहित मासु काट्न प्रयोग हुने हतियार बरामद गरिएको बताएका छन्।

सिकारी समूहलाई पक्राउ गर्ने क्रममा सुराकी समूहले एक राउण्ड गोली समेत चलाएको उनले बताएका छन्। तर कसैलाई पनि गोली नलागेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको मासु, हतियार र अन्य सामग्री वन कार्यालयको जिम्मा लगाएको प्रहरीले बताएको छ । प्रहरी गस्ती टोलीले सिकारी समूहको योजना विफल बनाउने प्रयास गरेको भए पनि गोली प्रहार गर्ने समूहको पहिचान भने हुन सकेको छैन्। 

Himal dental
सम्बन्धित
Loading...