ghar sansar

एमाले भीमदत्त नगर अध्यक्षमा चन्द र जोशीको उम्मेदवारी, सचिवमा विष्ट निर्विरोध

little buddha academy
khasi

महेन्द्रनगर । एमाले भीमदत्त नगरको अध्यक्षका लागि हिमाल बहादुर चन्द र मनिराज जोशीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । एमाले पार्टी कार्यालयमा सुरु निर्वाचनमा विहान दुबै जनाले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

उनीहरु दुबै जना निवर्तमान नगर कमिटीमा चन्द अध्यक्ष र जोशी उपाध्यक्ष हुन् । नगर उपाध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा करबीर सिह ऐरी, प्रेम ऐडी र विवेक भट्ट उम्मेवार भएका छन् ।

,orning glory badhai

सचिवमा खगेन्द्र विष्ट निर्विरोध भएका छन् । विष्टको एकल उम्मेदवार परेपछि उनी निर्विरोध भएका हुन् ।

दुई उप सचिवमा ६ उम्मेदरवार छन् । उप सचिव (महिला) तीन र खुल्लामा तीन जना छन् ।

dirghayi clinic

महिलामा मधु भट्ट, रमादेबी पाल र सुनकेस्रो नेपाली उम्मेदवारी दिएका छन् । खुल्लामा धर्म सिह भाट, महेश भट्ट र साहेब राना उम्मेदवार भएका छन् ।

५१ सदस्यीय नगर कमिटीका सबै सदस्य निर्विरोध भएका छन् । यसैगरी नगर लेखा कमिटी निर्विरोध भएको छ ।

लेखा कमिटी अधयक्षमा विष्णु प्रसाद खरेल, उपाध्यक्ष सपना रावल, सचिव मदनराज एस्के, सदस्यमा तर्कराज पन्त र लक्ष्मीदेवी उराव निर्विरोध भएका छन् ।

निर्वाचन मण्डलका अध्यक्ष एमाले केन्द्रीय सदस्य कृपाराम रानाले नगर कमिटी सर्वसम्मत बनाउने गरी छलफल थालिएको जानकारी दिए ।

नगर अधिवेशनमा १ सय ४२ प्रतिनिधि सहभागी छन् । शुक्रबार कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा एमाले केन्द्रीय सचिव लेखराज भट्टले अधिवेशन उद्घाटन गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...