ghar sansar

एमाले भीमदत्त नगर उपाध्यक्षका उम्मेदवार भट्टले गरे उम्मेदवारी फिर्ता गर्न अस्वीकार, कुनै पनि हालतमा फिर्ता नलिने अडान

little buddha academy
khasi

महेन्द्रनगर । एमाले भीमदत्त नगरको उपाध्यक्षका उम्मेदवार विवेक भट्टले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् । उनले नगर अधिवेशनको अध्यक्ष मण्डललाई कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने जानकारी गराएका छन् ।

एमाले भीमदत्त नगरको दोस्रो अधिवेशनमा भट्ट सहित तीन जनाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । अध्यक्ष मण्डलले सर्वसम्मति बनाउन उम्मेदवार भट्टलाई सहमतिका लागि आग्रह गरेको थियो । उनले निर्वाचन मण्डलको आग्रहलाई अस्वीकार गरी उम्मेदवारी फिर्ता नलिने जानकारी गराएका हुन् ।

,orning glory badhai

‘अध्यक्ष मण्डलले मलाई उम्मेदवारी फिर्ताका लागि भन्यो, म यस अघि जिल्ला कमिटीमा पनि त्यसै गरी बाहिर राखियो, अहिले पनि मलाई त्यसै गर्न खोजिएको छ, ममाथि मात्रै अन्याय कति खेप्नु पर्ने भनेर उम्मेदवारी फिर्ता हुँदैन भनेर जानकारी गराएको छु’ उनले भने ।

यस अघि एमालेको नवौ जिल्ला अधिवेशनमा सर्वसम्मत भएपछि उनी जिल्ला सदस्यबाट बाहिर पुगेका थिए । उनी हाल एमालेको भीमदत्त १८ को वडा कमिटी अध्यक्ष छन् । २०७९ को स्थानीय तह निर्वाचनमा उनले पार्टी विभाजनको बेलामा पनि वडा अध्यक्ष जिताएका थिए ।

dirghayi clinic

अहिले नगर उपाध्यक्षमा पनि आफूलाई बाहिर राखेर आफूलाई राजनीतिबाट बाहिर अलग गर्न खोजिएको भन्दै उनले चिन्ता जाहेर गरे ।

एमाले नेताहरुका अनुसार उपाध्यक्षमा भट्ट बाहेक अन्य पदमा सहमति भएर उम्मेदवारले उम्मेदवारी फिर्ता लिइ सकेका छन् ।

एमाले केन्द्रीय सदस्य कृपाराम राना नेतृत्वको अध्यक्ष मण्डलले शनिबार विहान उम्मेदवारी दर्तापछि सहमतिका लागि दिनभरि प्रयास गरेको थियो ।
अध्यक्षमा हिमाल बहादुर चन्द र मनिराज जोशी उम्मेदवार छन् । नेताहरुले व्यवस्थापन गर्ने प्रतिवद्धता गरेपछि उनले अध्यक्षमा चन्दलाई समर्थन गरेका छन् । जोशीलाई जिल्ला कमिटी सदस्य मनोनयन गर्ने सहमति भएको नेताहरुले बताए ।

जोशी र चन्द दुबै निवर्तमान नगर कमिटीका पदाधिकारी हुन् । यस अघि पहिलो अधिवेशनबाट चन्द अध्यक्ष र जोशी उपाध्यक्ष भएका थिए ।

नगर उपाध्यक्षमा भट्ट सहित करबीर सिह ऐरी र प्रेम ऐडी उम्मेवार छन् । सचिवमा खगेन्द्र विष्ट निर्विरोध भएका छन् । दुई उप सचिवमा ६ उम्मेदरवार छन् । उनीहरुमा महिलामा मधु भट्ट, रमादेबी पाल र सुनकेस्रो नेपाली तथा खुल्लामा धर्म सिह भाट, महेश भट्ट र साहेब राना उम्मेदवार छन् ।

५१ सदस्यीय नगर कमिटीका सबै सदस्य निर्विरोध भएका छन् । यसैगरी नगर लेखा कमिटी निर्विरोध भएको छ ।
नगर लेखा कमिटी अधयक्षमा विष्णु प्रसाद खरेल, उपाध्यक्ष सपना रावल, सचिव मदनराज एस्के, सदस्यमा तर्कराज पन्त र लक्ष्मीदेवी उराव निर्विरोध भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...