ghar sansar

जबरजस्ती गर्न खोजिएकाले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनु हुन्छ : गुरुङ्ग

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले सरकारमा रहेका दलहरुले समर्थन फिर्ता लिएको खण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महासचिव गुरूङले विपक्षीसँग मिलेर जबरजस्ती गर्न खोजिएकाले प्रधानमन्त्रीले राजीनामा नगर्ने बरू संविधान अनुसार संसदबाट विश्वासको मत लिने बताएका हुन् ।

,orning glory badhai
dirghayi clinic

‘एउटै समीकरण भित्र कसले नेतृत्व गर्ने भन्ने कुराको आधारमा राजीनामाको कुरा आउँछ। विपक्षसँग मिलेर जबरजस्ती रूपले राजीनामा दिने भन्ने हुँदैन,’ उनले भने, ‘राजीनामा स्वेच्छा हो । एउटै समीकरणभित्र कसले के भूमिका निर्वाह गर्ने भन्ने क्रममा भूमिका परिवर्तन हुँदा राजीनामा दिने कुरा हो ।’

त्यो बाटोबाट गएको भए वर्तमान समीकरण भित्रका जोकोही पनि प्रधानमन्त्री बन्न सक्ने गुरूङले बताए । गुरूङले फेरि ७६(२)अनुसारको सरकार बनाउनका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए । संसदको प्रक्रियाबाट जाँदा विद्यमान सरकारले विश्वासको मत नपाउँदा ७६(३)अनुसारको सरकार बन्ने उनको दाबी छ ।

‘राजीनामाको प्रक्रियाबाट मात्रै ७६(२) को सरकार बन्ने हो अन्यथा बन्दैन । संविधानका प्रावधानहरूलाई मिच्न खोज्ने कुल्चन खोज्ने। संविधानमाथि कू गर्न खोजिएको त होइन भन्ने आशंका देखिएको छ,’ उनले भने ।

गुरूङले चित्त नबुझेपनि संविधान पालना गर्नुपर्ने र संसोधन नै गर्नुपरे समय आउने बताए। ‘त्यो बेलामा आपसी सहमति समझदारीको आधारमा सरोकारवालाहरूका बीचमा गर्ने कुरा हो । मध्यरातमा लुकीलुकी संविधानको प्रावधानहरू मिचमाच गर्ने संविधान उल्लंघन गर्ने काम गरेर हुँदैन,’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...