ghar sansar

बेलौरीमा पार्टी निर्देशन अवज्ञा गर्दै काँग्रेस नेता कार्यकर्ता धर्नामा

little buddha academy
khasi

महेन्द्रनगर । काँग्रेस बेलौरी नगर समितिले बेलौरी भन्सार सडक निर्माणमा ढिलाई गरिएको भन्दै नगरपालिका कार्यालयमा जारी धर्नामा सहभागी नहुन दिएको निर्देशन अवज्ञा गर्दै नेता कार्यकर्ता सहभागी भएका छन् ।

बेलौरी काँग्रेसका नगर सभापति पेपुराम चौधरीले बिहीबार विज्ञप्ति सार्वजनिक गरी धर्ना कार्यक्रममा सहभागी नहुन निर्देशन दिएका थिए । उनले काँग्रेसको कुनै पनि किसिमको धर्ना, जुलुश, आन्दोलन गर्ने कार्यक्रम नभएकाले नगरपालिकाको धर्नामा सहभागी नहुने नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

,orning glory badhai

पार्टी निर्देशन बाबजुत पार्टी नेता कार्यकर्ता बुधबार देखि जारी धर्ना कार्यक्रममा सहभागी भएका छ्न् । पार्टीका महाधिवेशन प्रतिनिधि प्रकाश राज पन्त लगायतका नेता कार्यकर्ता धर्ना कार्यक्रममा सहभागी भएका छन् ।

पन्तले आफू सडक संघर्ष समिति उपसंयोजक पनि भएकाले धर्नामा बसेको बताए । ‘नेता भइसकेपछि जनताका पक्षमा काम गर्ने हो न कि कमिसन खान, सडक निर्माण हुनुपर्छ भन्ने मेरो धारणा हो । म संघर्ष समितिको उपसंयोजक पनि हुँ, संघर्ष समितिकै पक्षमा छु, पार्टी के भन्छ ध्यान दिन्न’, उनले भने ।

dirghayi clinic

सडक संघर्ष समितिका संयोजक केशव राज जोशीले मालपोत कार्यालयदेखि नेपाल भारत सीमासम्म करिब ४ किलोमिटर सडकको डीपीआर तयार भइसक्दा समेत सडक निर्माणमा पालिकाले चासो नदेखाएपछि धर्ना बस्नुपरेको बताए ।

‘२०७८ सालमा भन्सार रोडको डीपीआर तयार भइसकेको छ, सडक अहिलेसम्म बनिसक्नुपर्ने हो’, संयोजक जोशीले भने, ‘पालिकाले अतिक्रमित जग्गा खाली गराउन नसक्दा सडक निर्माण हुन नसकेको हो ।’

संघर्ष समितिले दुई पटक नगरपालिकाको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउँदा समेत चासो नदेखाएपछि धर्ना बस्नु परेको संयोजक जोशीले बताए ।

संयोजक जोशीका अनुसार सडक निर्माणका लागि संघर्ष समितिले पालिका प्रमुख पोतिलाल चौधरीलाई माघ २६ गते १ सय ९६ र पुनः वैशाख २६ गते ४ सय ४२ जनाको हस्ताक्षरित ज्ञापन पत्र बुझाइसकेको छ ।

आफूहरूको माग पूरा नहुञ्जेल चरणबद्ध आन्दोलन जारी रहने संघर्ष समितिले जनाएको छ । आन्दोलनमा सहभागी हुन जोशीले सम्पूर्ण बेलौरीबासीलाई आग्रह गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...