ghar sansar

महाधिवेशन बहिस्कारपछि समाजवादीको केन्द्रीय कमिटीबाट प्रेम आले आउट

khasi

महेन्द्रनगर । नेकपा एसको १० औं महाधिवेशनबाट गठन भएको केन्द्रीय कमिटीबाट प्रेम आलेको हटाइएको छ। महाधिवेशनबाट ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा हुँदा प्रेम आले अटाएका छैनन् ।

dirghayi clinic

आलेले महाधिवेशन बहिस्कार गरेका थिए । डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद समेत रहेका आले पार्टीको १० औं महाधिवेशनमा सहभागी भएनन् । नेकपा एसले आज ९३ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेको छ। पार्टीले थप छलफल गरेर आगामी दस दिनभित्र २९९ सदस्यीय कमिटी घोषणा गर्ने जनाएको छ।

निवर्तमान केन्द्रीय सचिवालयको बैठकले साबिक पोलिटब्युरोमा रहेकाहरूलाई केन्द्रीय सदस्यमा राखे पनि निवर्तमान पोलिटब्युरो सदस्य आलेको नाम भने राखिएको छैन ।

Himal dental
सम्बन्धित
Loading...