ghar sansar

चौथो पटक प्रधानमन्त्री बन्दै एमाले अध्यक्ष ओली

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री नियुक्त हुँदैछन्। राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष ओलीलाई चौथो पटक प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् ।

dirghayi clinic

शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीसहितका नेताले राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको दाबी पेश गरेका थिए ।

,orning glory badhai

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेसँगै काग्रेस–एमालेले १६६ जना सांसदको समर्थनसहितको दाबी प्रस्तुत गरेका थिए ।

राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आइतबार साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्नेछन् । त्यस्तै आइतबार समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने प्रेस सल्लाहकार पोखरेलले बताए ।

Himal dental
सम्बन्धित
Loading...