
त्रिशुलीमा हराई रहेका बस र यात्रुको खोजी जारी, नारायणी नदी किनारमा भेटियो अर्को शव


महेन्द्रनगर । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–७ स्थित नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पुरुषको शव खोलाबाट निकालेर भरतपुर ल्याउने तयारी गरिएको छ ।

सिमलताल पहिरोमा परेका बसका यात्रुको शव हुन सक्ने आशंका गरिएको छ । शनिबार पनि सोही ठाँउ नजिकै दुईवटा शव भेटिएका थिए । अहिलेसम्म नारायणी नदीले बगाएका ५ वटा शव फेला परेका छन् ।
आज बिहानमात्रै एक जनाको शव फेला परेको थियो । शनिबार तीनको शव फेला परेको थियो । उनीहरूको सनाखत समेत भइसकेको छ । यसैबीच नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले त्रिशुलीमा हराई रहेका बस र यात्रको खोजी कार्य जारी राखेका छन् ।
