
एमालेको भीमदत्त नगर कमिटीले गर्यो बाढीले पुगाएको क्षतिको अवलोकन, राहत र क्षतिपूर्तिका लागि पहल गर्ने नेताहरुको प्रतिवद्धता

महेन्द्रनगर । नेकपा (एमाले) भीमदत्त नगर कमिटीले नगरपालिकाको विभिन्न स्थानमा बाढीले पुगाएको क्षतिको अवलोकन गरेको छ । बाढी पीडितहरुले बाढी पीडितको समस्यामा सरकारले ध्यान नदिएकको गुनासो गरेका छन् ।
एमालेका विभिन्न तहका नेता तथा भीमदत्त नगरपालिकाका पूर्व जनप्रतिनिधि सहितको टोलीले बाढी पीडितसँग घरदैलोमा गएर भेटघाट गरेका हुन् । स्थलगत रुपमै बाढी पीडितलाई भेटेर राहत क्षतिपूर्तिका लागि लागि पहल गर्ने नेताहरुले प्रतिवद्धता जनाए ।


भीमदत्त नगरपालिकाका निवर्तमान नगर प्रमुख सुरेन्द्र विष्ट, नगर कमिटीका अध्यक्ष हिमाल बहादुर चन्द, एमाले केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रसाद खरेल, एमाले प्रदेश कमिटी उप सचिव नर बहादुर विश्वकर्मा, एमाले कञ्चनपुर उपाध्यक्ष जनकराज अवस्थी, प्रदेश कमिटी सदस्य परमानन्द जोशी, महेश पन्त, पुर्व प्रदेश कमिटी सदस्य विष्णु अवस्थी लगायतका नेताहरु अनुगमनमा सहभागी भएका छन् ।


बाढी पीडितहरुको गुनासो सुन्दै नेताहरुले पीडितको अवस्था बुझेर सरकारसँग आवश्यक राहत तथा क्षतिपूर्तिका लागि पहल गरिने बताए ।
भीदत्त नगरका विभिन्न स्थानको अवलोकन पछि बाढीबाट पुर्याएको क्षतिको प्रतिवेदन तयार गरि समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गर्ने एमाले भीमदत्त नगर कमिटी अध्यक्ष हिमाल बहादुर चन्दले बताए ।


