ghar sansar

दोधारा चाँदनीका बाढी पीडितलाई तत्काल राहत दिनु पर्ने लगायतका माग राख्दै एमाले नगर कमिटीले मेयर लिम्बुलाई बुझायो १४ बुँदे ज्ञापन

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा (एमाले) दोधारा चाँदनी नगर कमिटीले मेयर किशोर कुमार लिम्बुलाई बाढी र डुबान पीडित वासिन्दालाई तत्काल राहत दिनु पर्ने लगायतका १४ बुँदे माग राखेर ज्ञापन पत्र बुझाएको छ ।

मेयर लिम्बुको कार्यकक्षमा आइतबार ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा तत्काल राहत वितरण गर्नु पर्ने, जोगबुडा, महाकाली लगायतका ठूला नदीको कटान रोक्न पहल गर्नु पर्ने लगायतका विभिन्न मागहरु राखिएका छन् ।

dirghayi clinic

एमाले नगर कमिटी अध्यक्ष गणेश भाटले ज्ञापन पत्र पढेर सुनाएपछि मेयर लिम्बुलाई बुझाएका थिए ।

ज्ञापन पत्र बुझाउन नगर अध्यक्ष भाट सहित एमाले जिल्ला कमिटी सचिवालय सदस्य एबम् दोधारा चाँदनी इन्चार्ज गगन खत्री, नगर उपाध्यक्ष ओम प्रकाश रोकाया, सचिव सागर क्षेत्री, उप सचिव शुम्भराज भट्ट, निवर्तमान अध्यक्ष हरि सिह धनाडी सहित भुवन विहारी पन्त, प्रकाश भट्ट, सागर सिह, दिपक महता लगायतका नेताहरु नगरपालिका पुगेका छन् ।

Himal dental
सम्बन्धित
Loading...