ghar sansar

लुम्बिनीमा एमालेको गाई जात्रा, संसदीय दलका नेतालाई रोकेर उप नेताको मुख्यमन्त्रीमा दाबी पेस

khasi

महेन्द्रनगर । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन् ।

dirghayi clinic

एमाले र नेपाली कांग्रेसबीच एमालेको नेतृत्वमा प्रदेश सरकार बनाउने गरी भएको सहमतिबमोजिम आचार्यले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

सोमबार कांग्रेस र एमालेको समर्थन सहित आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७  सांसदको समर्थन छ ।

मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा बुझाएसँगै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आज सोमबार साँझ ६ बजे सम्मको समय सीमा दिएर आह्वान गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...