ghar sansar

शुभकामना

little buddha academy
khasi

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा १८८ मत आएको छ । बहुमतका लागि १३८ जना सांसदको साथ भए पुग्थ्यो तर प्रधानमन्त्री ओलीलाई दुई तिहाई सांसदको समर्थन प्राप्त भएको छन् । प्रतिनिधि सभाको बैठकमा २६३ जना सांसद उपस्थित थिए । प्रस्तावको विपक्षमा ७४ मत आएको र मत दिन्न भन्नेमा १ मत आएको छ । प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरूले मत दिए ।

dirghayi clinic

प्रधानमन्त्रीले राखेको विश्वास मतको प्रस्तावका विपक्षमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत उभिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत माग्दै सरकार परिवर्तन हुनुको कारण र आप्mनो नेतृत्वमा बनेको सरकारले गर्ने कार्यहरुको लामै सूची सदन समक्ष राखेका छन् । उनले महत्वपूर्ण कुरा भ्रष्टाचार गर्दैनौ,सहदैनौ र गर्न दिदैनौ भनेका छन् । अहिले मुलुकमा व्याप्त भ्रष्टाचारकै कारण जनतामा निराशा छाएको छ । वडादेखि सिंहदरबारसम्म जताततै भ्रष्टाचार र बेथिति छ । घुसबिना कुनै पनि काम नहुने अवस्था छ । सरकारमा वसेमा मन्त्रीहरुनै अग्रिम घुस दिएमा मात्र बजेट पार्ने गरेका छन् । सरकारका मन्त्रीहरुनै घुस खान थाले पछि कर्मचारी तन्त्रले विना घुस काम गर्ने कुरो भएन । जताततै व्याप्त भ्रष्टाचारकै कारण जनतामा व्यापक निराशा उत्पन्न भएको बेला प्रधानमन्त्रीको यस्तो भनाइले भ्रष्टाचारीहरु झस्किएको हुनु पर्दछ ।
बोली अनुसारको व्यवहा पनि हुने हो भने अहिलेको सरकारप्रति जनविश्वास बढेर जाने छ । अहिले मुलुकमा देखिएको बेथिति राजनीतिक दलमा आबद्ध र उनीहरू निकटहरुबाटै भएको हो । राज्यको स्रोत र साधनको दोहन गर्ने दलकै नेता कार्यकर्ता भएकाले प्रधानमन्त्रीले सदनमा भनेको कुरोको पूर्ण पालना गर्न सक्नु पर्दछ । अहिले देशका दुई प्रमुख दल नेपाली कांग्रेस र एमाले संयुक्त सरकार निर्माण गरेका छन् । मुलुकमा संकट उत्पन्न भएको बेला यी दुई दलहरु एक ठाउँमा उभिएर देशलाई निकास दिएका छन् । २०४६ सालको जनआन्दोलनलाई सफल बनाउन दुई दल एक भएर आन्दोलन गरेका छन् । संविधान जारी गर्ने समयमा पनि दुई दलले बलियो सरकार निर्माण गरेका थिए र राजाको एकतन्त्रीय साशनका विरुद्ध लडदा पनि दुई दल एक ठाउँमा आएका थिए । आज फेरि त्यही संविधानमा संशोधन गर्ने र देशले भोगेका अन्य समस्या समाधान गर्ने भन्दै दुई दल एक ठाउँमा आएका छन् ।

,orning glory badhai

वर्तमान संविधानमा भएका केही प्रावधानका कारण मुलुकको अर्थतन्त्र सखाप हुने गरेको छ, संघ, प्रदेशमा जम्बो सांसदहरु पाल्नु परेको छ । जिल्ला समन्वय समिति, प्रदेश सरकार, समानुपातिक सांसद र राष्ट्रिय सभाको औचित्य नभएका आवाजहरु उठिराखेका छन् । अस्थिर सरकारका कारण प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र समानुपातिक सांसद हुनु पर्ने आवाज पनि उठेका छन् । प्रदेशहरुले भागबण्डा मिलाउन जम्बो मन्त्रीमण्डल बनाउने देखिलिएर राज्यले धान्न नसक्ने गरि सांसदहरु बनाउनुले देश टाटपल्टिने अवस्थाबाट जोगाउने काम यो सरकारले गरोस यही शुभकामना छ ।

Himal dental
सम्बन्धित
Loading...