

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघले होटल व्यवसायी संघ कञ्चनपुरका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन तथा परिचयात्मक कार्यक्रम गरेको छ ।
हालै सम्पन्न संघको निर्वाचनबाट निर्वाचित संघका पदाधिकारी र सदस्यहरुलाई सोमबार संघमा कार्यक्रम गरी स्वागत, बधाई ज्ञापन तथा परिचयात्मक कार्यक्रम गरिएको छ ।



संघका अध्यक्ष पिताम्बर जोशीको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा संघका अध्यक्ष जोशीले सबै उद्योगी व्यवसायीहरु एक भएर अघि बढ्नु पर्ने, पर्यटन प्रवद्र्धनमा होटल व्यवसायीको अहम् भूमिका हुने उल्लेख गरे ।
संघका नव निर्वाचित रामचन्द्र रेग्मीले संघ अलग भए पनि सम्पूर्ण व्यवसायी एकै भएको र हामी सधै उद्योग वाणिज्य संघ संग सहकार्य गरी अघि बढ्ने बताए ।

कार्यक्रममा संघका पूर्व अध्यक्षहरु ऋषिराम खरेल, माधव प्रसाद भट्ट, हेमराज पाण्डेय, होटल व्यवसायी संघका निवर्तमान अध्यक्ष जगदिश चन्द्र भट्ट लगायत होटल व्यवसायी संघका नव निर्वाचित पदाधिकारीहरु र संघका पदाधिकारीहरु सहभागी भएको संघका कार्यकारी अधिकृत हेमराज भट्टले जानकारी दिए । संघका संघका सचिव राहुल भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।


