

महेन्द्रनगर । नेकपा (एमाले) भीमदत्त नगरपालिका वडा नं. १५ को अध्यक्षमा कृष्णदेब भट्ट चयन भएका छन् । सोमबार वडा अधिवेशनबाट भट्टको अध्यक्षतामा वडा कमिटी चयन गरिएको छ ।

१५ सदस्यीय कमिटीको उपाध्यक्षमा चन्द्र बहादुर घरेडी, चक्र बहादुर बम, सचिव सुशील खरेल, उप सचिव जस्ना कुँबर घरेडी चयन भएका छन् । एमाले केन्द्रीय लेखा आयोगका सदस्य ईश्वरी प्रसाद खरेलले अधिवेशन उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य एबम् भीमदत्त सह इन्चार्ज सानु महरा, जिल्ला कमिटी सदस्य विष्णु कँडेल, नरेन्द्र कार्की, नगर अध्यक्ष हिमाल बहादुर चन्द लगायतका नेताहरु सहभागी भएका छन् ।
