ghar sansar

कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष जोशीले भने– व्यवसायीलाई प्रोत्साहन होइन, चौतर्फी हतोत्साहित मात्रै गरियो

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले उद्यमी व्यवसायीलाई चौतर्फी रुपमा हतोत्साहित गर्ने प्रवृत्ति हावी भएको दुखेसो पोखेका छन् ।

कञ्चनपुर उद्योग बाणिज्य संघले शुक्रबार संघको कार्यालयमा आयोजना गरेको उद्यमी व्यवसायीका समसायिक समस्या सम्बन्धि छलफल कार्यक्रममा उनले प्रोत्साहन नभएर हतोत्साहित गर्ने गरिएको बताएका हुन् ।

,orning glory badhai

‘उद्यमी व्यवसायीलाई प्रोत्साहन होइन, हतोत्साहित गर्ने गरिएको छ, राज्य उद्यमी व्यवसायीमैत्री छैन’ उनले भने,‘अब उद्यम व्यवसायी आफैंले आफ्ना समस्या समाधानका लागि अघि बढ्नु पर्ने आवश्यकता छ ।’

dirghayi clinic

तीन तहका सरकारका ध्यान कर अशुलीमा मात्रै भएकाले व्यवसायी आफैंले समस्या समाधानका लागि अग्रसर हुनु पर्ने अध्यक्ष जोशीको भनाई थियो ।

उद्यमी व्यवसायीले श्रमिक, लगानीको सुरक्षा, व्यक्तिगत असुरक्षा, बैंकिङ ऋण लगायतका विभिन्न समस्या झेल्दै आए पनि सरकारले वेवास्ता गरेको अध्यक्ष जोशीले बताए ।

उद्यमी व्यवसायीले कामदार नपाएर व्यवसाय बन्द गर्न पर्नेृ अवस्था आएको र बैंक ऋण तिर्न नसकेर सडकमा आउनु पर्ने अवस्था आएकोमा अध्यक्ष जोशीले चिन्ता व्यक्त गरे ।

आर्थिक मन्दीपछि व्यवसाय धराशायी बन्दै गएपछि पुस महिनादेखि हालसम्म बैंक ब्याजसम्म तिर्न नसकिएको उल्लेख गर्दै उनले कसरी समाधान गर्ने भनेर गम्भीर रुपमा सोच्नु पर्ने अवस्था आएको चिन्ता व्यक्त गरे ।

Himal dental
सम्बन्धित
Loading...