

महेन्द्रनगर । प्रहरीले नेकपा बहुमत निकट ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको आदेशअनुसार इलाका प्रहरी कार्यालय मालाखेतीले ६ जनालाई पक्राउ गरेको हो । अत्तरियाको प्रतिभा पुस्तकालयमा बैठक बसिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको हो ।

सुदूरपश्चिम बिद्यार्थी कमिटीको बैठक बसिरहेका बेला प्रहरीले धरपकड गरेको सो पार्टीका कञ्चनपुर इन्चार्ज हरिश दयालले बताए ।

प्रहरीले भने पक्राउ गर्नुको कारण खुलाएको छैन। पक्राउ परेका ६ जनालाई अहिले जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको छ ।
