ghar sansar

बाणिज्य संघका अध्यक्ष जोशीले पोखे सरकारसित आक्रोश, भने–राज्यको अव्यवहारिक नीतिले अनाहक आत्महत्या गर्ने अवस्था आयो

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले उद्यमी व्यवसायीका समस्यामा तीन सरकारका गम्भीर नभएको भन्दै आक्रोश पोखेका छन् । उनले तीन तहका सरकारको काम व्यवसायीबाट कर मात्रै उठाउने भएको उल्लेख गरे ।

‘तीन तहका सरकार छन्, तीन तहका सरकारको काम हामी उद्योग व्यवसायीबाट जसरी पनि कर मात्रै उठाउने भन्ने छ, हामीले सेवा सुविधा केही पनि पाएका छैनौ’ निर्माण व्यवसायी संघ कञ्चनपुरको २७ आंै वार्षिक साधारण सभा उद्घाटन समारोहमा उनले भने,‘बैंकको चर्को ब्याज, सरकारको अव्यवहारिक नीतिका कारण अनाहकमा आत्महत्या गर्ने अवस्था आएको छ ।’

,orning glory badhai
dirghayi clinic

अध्यक्ष जोशीले सरकारले व्यवसायीमैत्री नीति नलिएसम्म अवस्था सुधार हुन नसक्ने उल्लेख गर्दै उनले उद्यमी व्यवसायीहरु नै एकजुट भएर अघि बढ्नु पर्ने आवश्यकता देखिएको बताए ।

उद्योग बाणिज्य संघले जिल्लाका सबै वस्तुगत संघसित छलफल गरी समस्या आफैं समाधानका लागि समिति गठन गरी अघि बढेको अध्यक्ष जोशीले जानकारी दिए ।

सरकारले लिने कर र मूल्य अभिवृद्धि कर विरुद्ध खबरदारी गरी जानु पर्ने अवस्था आएको अध्यक्ष जोशीले बताए ।

‘निर्माण व्यवसायीले भुक्तानी लिन बाँकी छ, सरकारले काम गराएर भुक्तानी दिएको छैन, हामीले कर भ्याट समय तिर्न सकेनौ भने जरिवना लाग्छ, त्यस कारण अब यस विरुद्ध खबरदारी गर्न पर्ने अवस्था आएको छ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...