

महेन्द्रनगर । बेदकोट नगरपालिका वडा नं.. ८ ले गृहमन्त्री रमेश लेखकलाई सम्मान गरेको छ । बेदकोट नगरपालिका ८गैलनदीका स्थानीय मन्त्री लेखकलाई उनको घरमा वडा कार्यालयले सम्मान गरिएको छ ।

बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशीले आफ्नो वडाले देशकै शक्तिशाली गृहमन्त्री पाएकोमा खुसी व्यक्त गरेका छन । वडाध्यक्ष जोशीले गृहमन्त्रीको वडा कार्यालयले उनकै घरमा स्वागत एव सम्मान गरेको बताए ।

वडाध्यक्ष जोशीले गृहमन्त्री लेखक समक्ष गत असार साउनमा गएको वाढीबाट प्रभावित सरकारी संरचना एव निजी उर्बराभूमि पुर्ननिर्माण सहित समग्र वडाको दीगो विकासका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
