

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने धनगढी आएका छन् । सोमबार धनगढी पुगेर लामिछानेले पत्रकारहरूसँग सहकारीको रकम गोर्खा मिडियामा आएको अनुसन्धानबाटै पुष्टि भइसकेको बताए ।

लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकारेका छन् । ‘गोर्खा मिडिया लगायतका ठाउँमा गलत ढंगबाट सहकारीको रकम आएको कुरा ठीक हो,’ उनले भने, ‘त्यो स्थापित भइसकेको कुरा हो ।

अनुसन्धानले पनि देखाइसकेको कुरा हो। तर, त्यो कसले ग¥यो भन्ने कुरा पनि अदालतमा प्रवेश गरिसकेको छ । क–कसले बदमासी ग¥यो भन्ने पनि स्पष्ट भइसकेको छ।’ गलत ढंगले सहकारीको रकम गोर्खा मिडियामा ल्याउन आफू संलग्न नभएको उनको दाबी छ ।
‘मेरो संलग्नता भएको रहेछ भने त मैले तिर्नु पर्छ,’ उनले भने, ‘मैले कहाँ तिर्न जाने भन्नुप¥यो । म भएको समयमा बदमासी भयो र तेरो पनि जिम्मेवारी हो भन्ने एउटा तर्क होला । तर, अन्यले गरेको बदमासीको भारी मैले लिनुपर्ने होइन । त्यो म भएकै बेलामा बदमासी भए पनि त्यो बदमासी कसले र कसरी ग¥यो भन्ने कुरा स्पष्ट छ ।’
