

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुरु गरेको भ्रष्टाचार नियन्त्रणको अभियानलाई ढाकछोप गर्न काँग्रेस एमाले गठबन्धन बनेको बताएका छन् ।

मेगा बचत तथा ऋण सहकारी संस्था लि. कञ्चनपुरको ११ औंं वार्षिक साभारण सभा उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेश सभा सदस्य समेत रहेका पूर्व मन्त्री रावलले प्रचण्ड नेतृत्को तत्कालिन सरकारले गिरीबन्धु टि स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचारका प्रकरण छानबिन गरी दोषीलाई कारवाहीको प्रक्रियामा ल्याउने प्रयास गरिएको बताए ।

‘ती कुरालाई ढाकढोप गर्न एक ठाउँमा आएका हुन्’ उनले भने । पूर्व मन्त्री रावललले भंष्टाचार मुद्दामा ५ वर्षे हदम्याद लज्जास्पद भएको उल्लेख गरे ।
