

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ मा अखिल नेपाल महिला संघको वडा कमिटी पुनः गठन गरिएको छ । लक्ष्मी सिंह मगरको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरिएको छ । वडा अधिवेशनबाट कमिटी चयन गरिएको छ ।
अनेम संघ भीनपा १३ का अध्यक्ष रत्ना बोहराको अध्यक्षता गरिएको कार्यक्रममा चिनी गिरी,भुवन कुँवर,गिता ओलि,बाला देवी नाथ,अमिर तिरुवा,कालू सिंह साउद,खगेन्द्र बिष्ट,महेश भट्ट,हरिष साउद,भानदेव भट्ट,खेम राज पन्त लगायतका नेता सहभागी भएका छन् ।


कार्यक्रममा नव निर्वाचित कमिटीका अध्यक्ष सिंहले आफुले पाएको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्ने प्रतिबद्धता गरिन् । एमाले १३ नं. वडा कमिटी अध्यक्ष महेश भट्टले श्रमजिवी,देशभक्त,प्रगतिशील वर्गको नेतृत्व नेकपा(एमाले) ले गरिरहेकोले जिम्मेवारीबाट विचलित हुनु पर्नेमा जोड दिए ।

अनेम संघ कंचनपुर अध्यक्ष चिनी गिरी ले टीका र सचिव गिता ओलीले शपथ ग्रहण गराउँदै महिला दिदी बहिनीहरुको हक अधिकारका पक्ष सदैब वकालत गर्न प्रतिबद्ध रहेको बताइन् ।

एमाले भीमदत्त नगर कमिटी सचिव खगेन्द्र बिष्टले विकास निर्माण,सुशासन र जनमुखी कामको पक्षमा एमालेले निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै महिलालाई ढुक्क भएर पार्टी काममा होमिन अनुरोध गरे ।


