ghar sansar

पेशागत बीमा अभिकर्ता संघ सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारी र सदस्यले लिए शपथ

khasi

महेन्द्रनगर । पेशागत बीमा अभिकर्ता संघ नेपाल प्रदेश समिति सुदूरपश्चिम प्रदेशको प्रथम ऐतिहासिक प्रदेश अधिवेशन असोज १२ गते धनगढीको शुभम होटेल तालिम कक्षमा अधिवेशन संयोजन समिति संयोजक धन सिह ठगुन्नाको अध्यक्षता र नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश प्रमुख हृदय पण्डितको प्रमुख र पेशागत बीमा अभिकर्ता संघ नेपालका उपाध्यक्ष एबम् सुुदूरपश्चिम ईन्चार्ज महेश दत्त भट्टको विशिष्ट आतिथ्यमा उद्घाटन भएको थियो ।

उद्घाटन सत्र राजेन्द्र बहादुर चन्दले सञ्चालन र लक्ष्मी दत्त जोशीले स्वागत मन्तव्य तथा डम्बर सिह बिष्ट,धन बहादुर बोहरा,हर्क बोहरा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बन्द सत्रमा प्रदेश ईन्चार्ज महेश दत्त भट्ट अध्यक्ष रहेको ५ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो । निर्वाचन मण्डलमा धन बहादुर बोहरा,देब प्रसाद जैशी,राजेन्द्र बहादुर चन्द र सुनिता चौधरी सदस्य थिए ।

dirghayi clinic

अध्यक्ष मण्डलले विभिन्न बिमक समितिहरूसित सहमतिमा प्रदेश समिति चयन गरेको थियो । प्रदेश समितिको अध्यक्षमा लक्ष्मी दत्त जोशी, उपाध्यक्षहरू लक्ष्मी दत्त भट्ट ,मिना चौधरी,केशब राज शर्मा ,सचिव धनसिह ठगुन्ना ,सहसचिव रेवन्त बहादुर चौधरी ,कोषाध्यक्ष नारायणी मैनाली तथा सदश्यहरू रमेश कुमार चौधरी,पार्वती नेगी,शुसिला देउवा बम,ललित चन्द,शान्ति मल्ल,नरेन्द्र कलौनी,सुनिता चौधरी र शारदा कुमारी ओझा जोशी, आमन्त्रित सदस्य बिरेन्द्र सिह बोहरा चयन गरिएका थिए ।

शुक्रबार अध्यक्ष मण्डलका अध्यक्ष भट्टले पदाधिकारी एवं सदश्यहरूको घोषणा, सपथ ग्रहण र प्रमाण पत्र बितरण समेत गरे । घोषणा सभा तथा शपथ ग्रहण समारोहमा नेपाल लाईफका प्रदेश प्रमुख दिपकराज भट्ट,नेशनल लाईफका प्रदेश प्रमुख नवीन किशोर भट्ट ,सुर्यज्योतिका प्रदेश प्रमुख मोहन पुरीले संघको नव निर्वाचित टिमलाई बधाई तथा शुभकामना दिए ।

कार्यक्रम सञ्चालन नवराज जोशीले गरे भने कार्यक्रममा नव निर्वाचित समितिका सचिव धनसिह ठगुन्ना,उपाध्यक्ष लक्ष्मीदत्त भट्ट र अध्यक्ष लक्ष्मी दत्त भट्टले प्रतिवद्धता ब्यक्त गर्दै सहयोगी सबैलाई धन्यवाद दिए ।

।पेशागत बीमा अभिकर्ता संघ नेपाल राष्ट्रिय ट्रेड अभिकर्ता हरूको एक मात्र साझा संगठन रहेको छ । सुदूरपश्चिम प्रदेशमा सबै कम्पनी र भूगोलको प्रतिनिधित्व गराउँदै संगठनको उचाई बढाउन,अभिकर्ता हकहित र पेशागत मार्यादा जोगाउन तथा बिमितको पूँजीको सही सद्पयोग गराउन सबैको तर्फबाट सहयोग हुनु पर्ने आग्रह गर्दै केन्द्रीय उपाध्यक्ष एवं अध्यक्ष मण्डलका अध्यक्ष महेशदत्त भट्टले कार्यक्रम समापन गरे ।

Himal dental
सम्बन्धित
Loading...