ghar sansar

भीमदत्तले दशैं तिहारमा बजार फोहर गर्नेलाई कारवाही गर्ने, कार्य वाहक मेयर जोशीले दिइन निर्देशन

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले दशैं तिहार र छठका बेला बजार क्षेत्रमा फोहर गर्नेलाई कारवाही गर्ने भएको छ । भीमदत्तका कार्य वाहक मेयर निलम लेखक जोशीले कर्मचारी र नगर प्रहरी सहितको बैठकमा बजार क्षेत्रमा फोहर गर्नेलाई कानुनी कारवाही गर्न निर्देशन दिएकी हुन् ।

dirghayi clinic

कार्य वाहक मेयर जोशीले बजार क्षेत्र सफा राख्न पनि निर्देशन दिएकी छन् । ‘दशैं तिहारका बेला बजार क्षेत्र सफा र चिटिक्क हुनु पर्छ, जथाभावी फोहर गर्नेलाई आवश्यक कानुनी कारवाही गर्न निर्देशन दिन्छु’ बैठकमा कार्य वाहक मेयर जोशीले भनिन् ।

बैठकमा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, भीमदत्त ४ का वडा अध्यक्ष सुशिल कुमार भट्ट, १८ नम्बरका वडा अध्यक्ष रबिन्द्र प्रसाद देवकोटा, प्रशासकीय अधिकृत हरि सिह धामी लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...