ghar sansar

मेयर ओझाको यस्तो आइडिया, जसले थालियो सामुदायिक वनमा फलफूल खेती

khasi

महेन्द्रनगर । ‘अब सामुदायिक वनले सुकेको रुख काट्ने र बेच्ने कार्य मात्रै गरेर हुँदैन, कतिपय सामुदायिक वनमा त एक वर्ष रुख काटेर सुकाउने र अर्को वर्ष त्यसलाई काट्नेसम्मको योजना बन्छन् सुनिन्छ, यो कार्य कहिलेसम्म गर्ने, यतातिर मात्रै वासिन्दाको जीविकोपार्जन गर्ने कुरातिर पनि ध्यान दिनु पर्छ ।

कृष्णपुर नगरपालिका १ दोमिल्लास्थित असोज १९ गते ऐश्यर्व सामुदायिक वनको २२ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै मेयर ओझाले आफ्नो मन्तव्यका क्रममा माथिको धारणा राखेका हुन् ।

वन समूहका पदाधिकारी र उपभोक्ता सहित वन क्षेत्रमा फलफूल खेतीको स्थलगत निरीक्षणपछि मेयर ओझाले साधारण सभा उद्घाटन गरेका थिए ।

कृष्णपुर नगरपालिकाले सामुदायिक वनलाई स्थानीय वासिन्दाको जीविकोपार्जनसित जोड्न गत वर्षदेखि फलपूmल खेती सुरु कार्यक्रम सुरु गरेको थियो । हरियाली सामुदायिक वनबाट सुरु कार्यक्रम यस वर्ष ऐश्वर्य सामुदायिक वनमा विस्तार गरिएको छ । त्यसका लागि केही महिना अघि सामुदायिक वनमा वृक्षारोपण अभियान सञ्चालन गरी विभिन्न प्रजातिका फलफूलका विरुवा रोपिएका थिए ।

ऐश्वर्य सामुदायिक वनमा चिउरी, दालचिनी, बेलका ५० हजार विरुवा लगाइएका छन् । त्यसमा सबैभन्दा बढी बेलका २० हजार विरुवा रोपिएका छन् । त्यसपछि ७ हजार दालचिनी र दुई हजार पाँच सय विरुवा चिउरीका छन् । यी बाहेक हर्रो बर्रो, बेतबाँसका विरुवा पनि सामुदायिक वनमा लगाइएका छन् ।

कृष्णपुर नगरपालिका आफैंले फलफूलका विरुवा उत्पादन गरी सामुदायिक वनलाई उपलब्ध गराएपछि वृक्षारोपण गरिएको हो । बाणीस्थित सव डिभिजन वन कार्यालयलाई प्रति विरुवा तीन रुपैँया उपलब्ध गराए उत्पादन गरिएको थियो ।

ऐश्वर्य सामुदायिक वनका अध्यक्ष ईश्वर बहादुर बुढाले सामुदायिक वनमा मिचाहा प्रजाति बढेपछि उपभोक्ताको जीविकोपार्जनका लागि व्यवसायिक रुपमा फलफूल खेती थालिएको बताए ।

dirghayi clinic

‘आज यो वन बनेको २२÷२३ वर्ष भयो, त्यति बेला चरिचरन बन्द गरेर वन संरक्षण गरियो, चरिचरन बन्द भएपछि वनमा मिचाहा प्रजाति बढ्यो’ अध्यक्ष बुढाले भने,‘मिचाहा प्रजाति कम गर्न,वन उपभोक्ताको जीविकोपार्जन गर्न फलफूल खेती अघि बढायौ ।’

३ सय ९६ हेक्टरमा फैलिएको वन समूहमा ८ सय १६ घरधुरी उपभोक्ता छन् । वन क्षेत्रमा साल, सिसौ भन्दा कुकाठका विरुवा अत्यधिक छन् । वनमा यस अघि तेजपाता, कागती, बाँस, विजयसालका विरुवा लगाइएको थियो ।

सामुदायिक वनमा नेउलाण ताल छ । तालमा माछाका भुरा हालेर माछा पालन पनि गरिएको छ । ताल नजिक दालचिनी र त्यस भन्दा केही पर चिउराका विरुवा लगाइएका छन् ।

बेलको जुस उत्पादन गर्ने लक्ष्य राखेर बेलका विरुवा लगाइएका हुन् । कृष्णपुर नगरपालिकाले १ नम्बर वडालाई मह पकेट क्षेत्र बनाएको छ । मह पकेट क्षेत्र बनाएपछि चिउरीका विरुवा रोपिएका हुन् ।

कृष्णपुरका मेयर ओझा २०७९ को स्थानीय तह निर्वाचनबाट मेयर निर्वाचित भएका हुन् । उनी २०७४ को निर्वाचनमा पराजित भएका थिए । अघिल्लो निर्वाचनमा पराजित भएपछि आफ्नै वडामा सडक निर्माणमा विवाद भएपछि उपभोक्ता समितिबाट आधा रकममा निर्माण पूरा गरिएको थियो ।

त्यही सडक निर्माणबाट स्थानीय वासिन्दासित सहकार्यमा कार्य गर्दा समुदायलाई फाइदा पुग्ने काम गर्न सकिने विचार(आइडिया) आएको मेयर ओझाले बताए ।

गत वर्ष हरियाली सामुदायिक वनमा बाँस र बेतका विरुवा लगाएर सामुदायिक वनमा वृक्षारोपण अभियान सुरु गरिएको थियो । कृष्णपुरमा ४४ सामुदायिक वन छन् ।

   

Himal dental
सम्बन्धित
Loading...