ghar sansar

काँग्रेस नेता मिश्रको सम्झनामा कार्तिक ५ गतेदेखि तिलाचौरमा पाँचौ विपी(विष्णु प्रसाद मिश्र) स्मृति क्रिकेट प्रतियोगिता

मंगलबारदेखि टीम दर्ता सुरु, कञ्चनपुरका सबै वडाका टीम सहभागी गराउने लक्ष्य

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ८ तिलाचौरमा कार्तिक ५ गतेदेखि पाँचौ विपी(विष्णु प्रसाद मिश्र) स्मृति क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिताका कञ्चनपुर जिल्लाका सबै ९२ वडाका टीम सहभागी गराउने गरी तयारी सुरु गरिएको छ ।

न्यू हिमालय सामाजिक सेवा समितिले प्रतियोगिता आयोजान गर्न लागेको हो । प्रतियोगितामा टीम सहभागिताका लागि वडा कार्यालयसित समन्वय थालिएको समितिले जानकारी दिएको छ ।

,orning glory badhai

समितिले मंगलबार प्रतियोगिता सम्बन्धि जानकारी दिन तिलाचौरस्थित नागार्जुन इङ्गलिश बोर्र्डिङ्ग स्कुलमा गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष नारायण सिह विष्टले कोरोना महामारीका कारण रोकिएको प्रतियोगितालाई यस वर्षदेखि निरन्तरता दिइएको बताए ।

काँग्रेसका स्वर्गिय नेता मिश्रको सम्झनामा समितिले २०७२ मा पहिलो पटक प्रतियोगिता आयोजना गरेको थियो । त्यसपछि कोरोना महामारीका कारण प्रतियोगिता आयोजना रोकिएको थियो ।

भीमदत्त नगरपालिका ८ तिलाचौरका काँग्रेस नेता मिश्रको २०६६ मा निधन भएको थियो । उनी काँग्रेसका क्षेत्रीय उप सभापति थिए । नेता मिश्र इमान्दार, निष्ठावान, स्वच्छ छवि बनाएका थिए ।

dirghayi clinic

तिलौचारस्थित त्रिभुवन माध्यमिक विद्यालयको मैदानमा प्रतियोगिता हुनेछ । प्रतियोगिताका विजेताले एक लाख ५५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफी र प्रमाण पत्र पाउने छ । उप विजेताले ७७ हजार ७ सय ७७ नगद सहित ट्रफी र प्रमाण पत्र पाउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

आयोजक समितिले मंगलबार साँझदेखि टीम दर्ता सुरु गरेको छ । आयोजक न्यू हिमालय सेवा समितिको टीम पनि प्रतियोगितामा सहभागी हुने छ । प्रतियोगितामा सहभागी हुन २० हजार दर्ता शुल्क तोकिएको छ ।

प्रतियोगिताका संयोजक खगेन्द्र धानुकले मंगलबार साँझदेखि टीम दर्ता सुरु भएको र कार्तिक ४ गते खेल तालिका सार्वजनिक गरिने बताए । टीम दर्ताका लागि सम्बन्धित वडाको सिफारिश र खेलाडीको नागरिकतालाई अनिवार्य गरिएको छ ।

प्रतियोगिताको वेष्ट प्लेयर अफ टुर्नामेन्ट, वेष्ट ब्याट्समेन र बेष्ट बलर, इमर्जिङ्ग प्लेयर, मोष्ट सिक्सर र बेष्ट फिल्डरलाई आकर्षक पुरस्कार प्रदान गरिने संयोजक धानुकले बताए । सबै खेलका प्लेयर अफ म्याचलाई ट्रफी प्रदान गरिनेछ ।

पत्रकार सम्मेलनमा भीमदत्त नगरपालिका ८ का वडा अध्यक्ष मदनराज मिश्रले वडा कार्यालयले प्रतियोगिता सञ्चालनका लागि सक्दो सहयोग गर्ने बताए ।

पत्रकार सम्मेलनमा समितिका अध्यक्ष विष्ट सहित सल्लाहकार गोरख बहादुर पुजारा, कबड्डीका खेलाडी लछीधन अधिकारी, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामी लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...