ghar sansar

बेदकोटको र्गैलनदीमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु, पूर्व प्रधानमन्त्री नेपालले गरे उद्घाटन

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका ८ गैलनदीमा राष्ट्रिय स्तरका बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । शनिबार बेदकोट नगरपालिका–८, गैलनदीमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रतियोगिताको उद्धघाटन गरे ।

नेपाल बुद्धिचाल महासंघ र काठमाण्डौँ स्पोटर््स एकेमेडीको आयोजना तथा बेदकोट नगरपालिका–८ कोे सह–आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको छ ।

प्रतियोगिता उद्धघाटन गदैँ पूर्व प्रधानमन्त्री नेपालले स्वास्थ्यका लागि खेलकुद महत्वपुर्ण भएको बताउँदै मानसिक विकास बुद्धिचाल खेल लाभदायक हुने बताए । उनले बुद्धिचालले कुनै पनि निणर्य लिनु अघि विवेक प्रयोग गर्नुपर्ने र त्यसको परिणामको बारेमा सोच्नुपर्ने सन्देश दिने बताए ।

उनले राजनीतिमा हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउनु प्रवृत्ति रहेकाले त्यसले देश र जनताले दुख खेप्नु परेको बताए । साथै विवेकसम्मत निर्णय नहुदाँ नेपालमा राजनीतिक अस्थिरता बढी रहेको उनको भनाई छ ।

dirghayi clinic

नेपाल बुद्धिचाल महासंघका अध्यक्ष तथा प्रतियोगिता संयोजक नारायण दास गमालले स्वागत मन्तव्य राख्दैँ एकै ठाउँमा तीन प्रतियोगिता सञ्चालन हुने बताए । बैजनाथ माध्यामिक विद्यालय गैलनदीमा प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनशिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता सञ्चालन हुनेछन् ।

तेस्रो नोकोसको क्लासिकल खेल स्विस सिस्टम लिगमा आधारिक ६० मिनेट, प्लस ३० सेकेन्डप्रति चालको ९ राउण्डको हुनेछ भने ¥यापिड स्विस लिगकै १५ मिनेट प्लस १० सेकेण्ड प्रति चालको ९ राउण्ड र ब्लिट्ज स्वस लिगकै ३ मिनेट प्लस २ सेकेन्ट प्रति चालको ९ राउण्डमा हुनेछ । राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनशिपका विजेतालाई नेपाल च्याम्पियन घोषणा गरिनेछ ।

कार्यक्रमका सभापति बेदकोट नगरपालिका–८ का वडाध्यक्ष महेशराज जोशीले नगर क्षेत्र धार्मिक तथा खेल पर्यटनको विकासका लागि राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिएको बताए ।

उनले प्रतियोगितामार्फत स्थानीय स्तरमा खेल क्षेत्रका सम्भावनालाई उजागर गर्ने र आवश्यक पुर्वाधार निर्माणका लागि सरोकारवाला निकायलाई दवाब हुने बताए । साथै उनले बेदकोट–८ सामुदायिक भवन तथा ईनडोर कबडहल निर्माणका लागि पहल गरि दिन पूर्व प्रधानमन्त्री लगायत पूर्वमन्त्री र सांसदहरुलाई आग्रह समेत गरे ।

Himal dental
सम्बन्धित
Loading...