

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ मा मंसिर १६ गते हुने उप निर्वाचनमा सत्ता साझेदार एमाले काँग्रेसले उम्मेदवार घोषणा गरेका छन् ।
काँग्रेस एमालेबाट काका भतिजा चुनावी प्रतिस्पर्धी भएका छन् । एमालेले पूर्व प्रधानाध्यापक बहादुर चन्दलाई उम्मेदवार बनाएका छन् । एमालेका उम्मेदवार चन्दका भतिजा प्रकाश चन्द उम्मेदवार भएका छन् । काँग्रेस उम्मेदवार चन्द वडा सभापति उनी हुन् । उनी एमाले उम्मेदवार चन्दका सहोदर भतिजा हुन् ।

सत्ता साझेदार दल बाहेक प्रतिपक्षबाट नेकपा एकीकृत समाजवादीले उम्मेदवार घोषणा गरेको छ । समाजवादीबाट जितेन्द्र बहादुर चन्द उम्मेदवार भएका छन् । उनी यस अघि २०७९ को स्थानीय तह निर्वाचन लडि सकेका छन् ।
गत वर्ष वडा अध्यक्ष महेन्द्र खड्काका निधन भएपछि मंसिर १६ गते उप निर्वाचन हुन लागेको हो । स्थानीय तह निर्वाचनमा एमाले पहिलो ६ नम्बर वडामा पराजित भएको थियो ।
एमालेले अढाई वर्ष अघि ६ नम्बर वडामा गुमेको विरासत फर्काउन पूर्व प्रधानाध्यापक चन्दलाई उम्मेदवार बनाएको छ । काँग्रेस २०७९ को निर्वाचन परिणामलाई जोगाउने गरी वडा सभापति चन्दलाई चुनाव मैदानमा उतारेको छ ।
शान्ति निकेतन माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक चन्दले उम्मेदवार भएपछि पार्टी र जनताको चाहना अनुसार कार्य गर्ने वाचा सार्वजनिक गरि सकेका छन् ।
४६ वर्ष शिक्षण पेशामा बिताएका उनलाई एमालेले विरासत फकाउने रणनीति अबलम्बन गरी उम्मेदवार बनाएको छ । हक्की स्वभावका चन्दले सामाजिक शैक्षिक क्षेत्रमा पुगाएको योगदान र स्वच्छ छविका चुनाव जित्ने एमाले नेताहरुको आँकलन छ ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटीका उप सचिव नर बहादुर विश्वकर्माले प्राविधिक कारणले २०७९ को निर्वाचनमा पराजित भए पनि उप निर्वाचनबाट विरासत फर्किने बताए ।
एमाले पोलिटब्यरो सदस्य एबम् कञ्चनपुर इन्चार्ज निरुदेबी पालले चन्दको निष्कलंक छवि र हरेक कुरामा दृढता पूर्वक उभिन सक्ने क्षमताका कारण उनलाई उम्मेदवार बनाएको बताइन् ।
एमाले मिसन ८४ मा एकल निर्वाचित भएर देशको सबैभन्दा ठूलो शक्ति हुने लक्ष्य लिएर अघि बढेको पालले बताइन् । ‘यो मिसन ८४ को तयारीका रुपमा लिएका छौ, यस अघिका दुई उप निर्वाचनमा एमाले विजयी भएको छ’ उनले भनिन् ।

एाले केन्द्रीय लेखा आयोगका सचिवालय सदस्य ईश्वरी प्रसाद खरेलले उम्मेदवारको चन्द स्वच्छ छवि, निडर, अन्याय र भ्रष्टाचारका विरुद्ध सशक्त रुपमा उभिन सक्ने व्यक्तित्व भएको उल्लेख गर्दै उप निर्वाचनमा विजयी हुने बताए ।
एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढाले उप निर्वाचनबाट भीनपा ६ मा एमाले विरासत फर्किने बताइन् ।
पार्टी विभाजनका कारण २०७९ को स्थानीय तह निर्वाचन गुमाउनु पुगेको उल्लेख गर्दै उनले उप निर्वाचनमा पार्टी बलियो दाबी गरिन् ।
काँग्रेस क्षेत्रीय समितिले वडा सभापति चन्दलाई वडा अध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको हो । काँग्रेसमा वडा अध्यक्षका लागि चन्द सहित १३ जना आकाँक्षी थिए ।
काँग्रेसमा वडाबाट सर्वसम्मत गरी एकल नाम क्षेत्रीय समितिमा पठाउन सहमतिका लागि पटक पटक छलफल भएको थियो । सहमति हुन नसकेपछि वडा समितिले आकाँक्षीको क्षेत्रीय समितिमा पठाएको थियो ।
वडा सभापति चन्द २०७९ को निर्वाचमा पनि आकाँक्षी थिए । काँग्रेसले अन्तिममा कमलराज चटौतको नाम काटेर महेन्द्र खड्कालाई उम्मेदवार बनाएको थियो ।
२०७९ को निर्वाचनमा चटौतको नाम काटिएका कारण उप निर्वाचनमा चटौत उम्मेदवार हुने अपेक्षा गरिएको थियो ।
एमालेबाट जनकराज अवस्थी चुनाव लडेका थिए । उनी अहिले एमाले कञ्चनपुरका उपाध्यक्ष छन् । पार्टी जिम्मेवारीमा भएकाले उनले उप निर्वाचन लड्न असमर्थमता देखाएका हुन् ।
एमालेमा जिल्ला कमिटी सदस्य राजेन्द्र आग्रीले वडा अध्यक्षमा आकाँक्ष देखाएका थिए । चन्द र आग्रीबीच सहमति गरी चन्दलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो ।
यसैैबीच नेकपा एकीकृत समाजवादीले भीमदत्त नगरपालिका ६ को उप निर्वाचनमा जितेन्द्र बहादुर चन्दलाई वडा अध्यक्षको उम्मेदवार निर्णय गरेको छ ।
समाजवादीका युवा नेता रमेश पन्तले उप निर्वाचनमा चन्दलाई उम्मेदवार बनाउने निर्णय सर्वसम्मत गरिएको जानकारी दिए ।
उम्मेदवार चन्द समाजवादीका सुदूरपश्चिम प्रदेश सभा सदस्य माया पन्तका स्वकीय छन् । उनी २०७९ को निर्वाचनमा समाजवादीबाट चुनाव लडेका थिए ।
