ghar sansar

सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावलले गरे मतदान

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलले मतदान गरेका छन् । उनले विहान मतदान गरेका हुन् ।

एमाले पोलिटब्युरो सदस्य एबम् एमाले संसदीय दलका नेता रावलले मतदानपछि उप निर्वाचनले ६ नम्बर वडाका सबै वासिन्दा उत्साहित भएको बताए ।

dirghayi clinic

शान्ति निकेतन माध्यमिक विद्यालय मतदान स्थलमा मतदानका लागि रावल प्रवेश गर्दा सुरक्षाकर्मीले उनलाई समान्य सोधपुछ गरे । मतदानका क्रममा मोइबाल लगायतका सामाग्री लैजान रोक लगाइएको छ ।

पूर्व मुख्यमन्त्री रावल भीनपा ६ का वासिन्दा हुन् । २०५४ को स्थानीय निकाय निर्वाचनमा उनी शिक्षकबाट राजीनमा दिएपछि तत्कालिन जिल्ला विकास समितिको उप सभापति भएका थिए ।

रावल शान्ति निकेतन माविका पूर्व शिक्षक हुन् । रावलका सहकर्मी शान्ति निकेतनका पूर्व प्रधानाध्यापक बहादुर चन्द एमालेबाट उम्मेदवार भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...