ghar sansar

भीमदत्त ६ को वडा अध्यक्षमा काँग्रेसका प्रकाश चन्द निर्वाचित

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ को उप निर्वाचनमा काँग्रेस उम्मेदवार प्रकाश चन्द वडा अध्यक्ष निर्वाचित भएका छन् । उनले १ हजार १ सय ७ मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन् ।

चन्दका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बहादुर चन्दले ४ सय ८७ मत ल्याएका छन् । मत परिणाम केही समय आधिकारिक रुपमा घोषणा हुन लागेको छ ।

dirghayi clinic

वडा अध्यक्ष निर्वाचित चन्दले अपेक्षित मत आएको बताए । उनले उप निर्वाचनमा धेरै मतदाता काँग्रेससित खुलेर लागेकाले आफू नतिजा आउनेमा आशावादी भएको बताएका हुन् ।

निर्वाचन प्रचारको सुरुमा केही समस्या देखिए पनि त्यसलाई हल गर्दै गएको उनले बताए । उनले सबैको साथ सहयोगले निर्वाचनमा आफूले सफलता पाउनु लागेको बताए ।

काँग्रेसका वडा सभापति चन्द पहिलो पटक स्थानीय तह निर्वाचन लडेका हुन् ।

Himal dental
सम्बन्धित
Loading...