

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ६ नम्बर वडा कार्यालय र कमलसा युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको नगर स्तरिय फुटबल प्रतियोगिताको उपाधी मण्डली युवा क्लबले जितेको छ । प्रतियोगितामा महाकाली क्लब उप विजेता बनेको छ ।

पेनाल्टी सुटमा मण्डली युवा क्बले महाकाली युवा क्लबलाई २–१ले पराजित गरी उपाधि हात पारेको हो । दोधारा चाँदनी ६ स्थित खेल मैदानमा गरिएको प्रतियोगिताका विजेता मण्डली क्लबलाई नगद ३१ हजार र उप विजेता महाकाली क्लबलाई नगद २१ हजार सहित ट्रफी मेडल प्रदान गरिएको छ ।

दोधारा चाँदनी नगरका प्रमुख किशोर कुमार लिम्बुको प्रमुख आतिथ्यमा समापन कार्यक्रम गरिएको छ । दोधारा चाँदनी नगरपालिका ६ का वडा अध्यक्ष ओम बस्नेतले स्थानीय स्तरमा खेलकुदको विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

