ghar sansar

निजामति कर्मचारीले संगठनले सुदूरपश्चिम सरकारका प्रमुख सचिवलाई बुझायो ज्ञापन

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल निजामति कर्मचारी संगठन कैलालीले प्रदेश निजामति सेवा नियमावली २०८१ मा संशोधन गर्न पर्ने विभिन्न विषय समावेश गरी सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा. कमल प्रसाद पोखरेललाई ज्ञापन बुझाएको छ ।

निजामति कर्मचारी संगठनका कैलाली अध्यक्ष खकेन्द्र रावलको नेतृत्वमा सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ ।

,orning glory badhai
dirghayi clinic

संगठनका प्रदेश उपाध्यक्ष बालकृष्ण जोशी, प्रदेश सदस्य नरराज पाण्डेय, जिल्ला उपाध्यक्ष शर्मिला बस्नेत, सचिव तारामान रावल, संगठनका निवर्तमान अध्यक्ष लक्ष्मण जोशी लगायत ज्ञापन पत्र बुझाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका छन् ।

  

Himal dental
सम्बन्धित
Loading...