ghar sansar

स्कुल बसको ठक्करले घाइते तामाङको मृत्यु भएपछि पुनर्वासमा ज्येष्ठ नागरिक स्मृति एबम् सम्मान मेयर कप फुटबल प्रतियोगिता स्थगित

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुरमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिदा गम्भीर घाइते भएका ४४ वर्षीय रमेश तामाङको उपचारका क्रममा मृत्यु भएको छ ।

आइतबार बिहान पुनर्वास नगरपालिका–३ रामबस्तिमा विद्यार्थी लिन गइरहेको स्कुल बसले मोटरसाइकललाइ ठक्कर दिदा गम्भीर घाइते तामाङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

,orning glory badhai
dirghayi clinic

धनगढीको माया मेट्रोमा घाइते तामाङको उपचार सम्भव नभएपछि आइतबार राति नै चार जना बिशेषज्ञ डाक्टरहरूको टिम सहित बिशेष जहाजमा राखि काठमाडौंको धुम्बाराही स्थित हमस अस्पतालमा थप उपचारका लागि रिफर गरिएको थियो ।

ठक्कर दिने धनगढीको क्रिस्टल बोर्डिङ स्कुलको सुपप्र ०१–००१ प. २१३३ नम्बरको बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका ईन्चार्ज महेश विक्रम शाहीले बताए ।

यसैगरी पुनर्वास ३ आई बी आर डी को ६५ बिगाहा स्थित कालिका युवा क्लब को खेल मैदान मा सञ्चालन भइरहेको खेल पनि केही दिनका लागि स्थगित गरिएको छ । पुनर्वास ३ खेलकुद विकास समितिले आफनो आधिकारिक फेसबुक पेज मार्फत खेल स्थगित गरिएको सूचना प्रकाशित गरिएको छ ।

बसको ठक्कर बाट उपचारका क्रममा निधन भएका रमेश तामाङ पुनर्वास ३ खेलकुद विकास समिती ,राम युवा क्लब का नव गठित कार्यसमितिका कोषाध्यक्ष हुन् ।

Himal dental
सम्बन्धित
Loading...