ghar sansar

जातका कारण डेरा नपाएकी तुलसीले सुनाईन् सिडिओलाई पीडा, सिडिओले भने– लिखित उजुरी लिएर आउन कारवाही गर्छु

khasi

महेन्द्रनगर । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जात सोधेर घर भाडा नदिनेलाई कारवाही गरिने बताएका छन् । उनले प्रशासन कार्यालयमा लिखित निवेदन आएर आफूले कारवाही प्रक्रिया बढाउने बताए ।

‘कसैले मेरो घर भाडामा दिदैन भन्न सक्छ, त्यो उसको अधिकारको कुरा हो, तर जात सोधेर तपाईलाई घर भाडामा दिन्न भन्न पाउँदैन, कानुनी रुपमा यो गर्न पाईदैन’ संयुक्त दलित संघर्ष समितिको माग पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले भने,‘लिखित उजुरी लिएर आउन, म कारवाही अघि बढाउँछु ।’

सुदूरपश्चिम विश्वविद्यालयको कानुन संकायमा अध्ययनरत तुलसी विकले जातका कारण भाडामा कोठा नपाएपछि संयुक्त दलित संंघर्ष समितिले प्रमुख जिल्ला अधिकारी सापकोटा मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ज्ञापन बुझाएको छ ।

प्रमुख जिल्ला अधिकारी सोपकोटाले ज्ञापन पत्र सम्बन्धित निकायमा पठाउने र कोठा भाडा सम्बन्धि स्थानीय तहका प्रमुखसंग छद्धलफलका लागि आग्रह गर्ने बताए ।

ज्ञापन पत्रमा स्थानीय तहले घर भाडामा दिने सबै घरधनी सूचीकृत गरी सबैलाई भाडामा दिन सकिने व्यवस्था गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।

दैलेखकी बिक विश्वविद्यालयको कानुन संकायमा छैठौ सेमेष्टरमा अध्ययनरत छिन् । दुई वर्षदेखि विश्वविद्यालयमा अध्ययनरत उनले जात सोधेर डेरा नपाएको पीडा सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी थिइन् ।

dirghayi clinic

विकको पीडा बाहिर आएपछि सोमबार समितिले छलफल गरी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएको छ । विद्यार्थी विक सहित समितिका सदस्यहरु ज्ञापन बुझाउन प्रशासन कार्यालय पुगेका छन् ।

विद्यार्थी विकले पनि प्रमुख जिल्ला अधिकारी सापकोटालाई आफ्नो पीडा सुनाइन् । उनले आफूले डेराका लागि विश्वविद्यालय आशपास क्षेत्रका सबै घर पुगेको बताइन् । ‘कोठा हेर्न जान्छु, कोठा छ भन्नु हुन्छ, जात सोधेपछि दलित हुँ भन्ने थाह पाएपछि हुँदैन भन्छन्’ उनले सुनाइन्,‘मलाई यस यसरी जातीय विभेद हुन्छ भन्ने थाह थिएन, कोठा पाउँदैन भन्ने थाह थिएन ।’

जातका कारण कोठा नपाएपछि आफू मानसिक रुपमा पीडामा परेको समेत उनले सुनाइन् । संघर्ष समितिका अध्यक्ष गणेश नेपालीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाइएको छ ।

प्रमुख जिल्ला अधिकारी सापकोटाको कार्यकक्षमा ज्ञापन बुझाइएको छ । मुक्ति समाज कञ्चनपुरका अध्यक्ष राजेन्द्र आग्रीले ज्ञापन वाचन गरे ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार प्रताप तिरुवा, नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य गणेश विक, मुक्ति समाजका केन्द्रीय सदस्य रमेश तिरुवा, नेकपा समाजवादीका विनोद नेपाली, अधिकारकर्मी नरेश सिलाल लगायत नेताहरु प्रशासन कार्यालय पुगेका छन् ।

Himal dental
सम्बन्धित
Loading...