ghar sansar

कुलमान हटाएको विरोधमा प्रधानमन्त्री र उर्जा मन्त्रीको पुत्ला दहन

khasi

महेन्द्रनगर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सम्बद्ध युवा र विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओली र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काको पुत्ला दहन गरेका छन् ।

नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ्ग सरकारले जिम्मेवारीबाट हराएको विरुद्ध मंगलबार साँझ महेन्द्रनगर चमनचोकमा प्रधानमन्त्री र उर्जा मन्त्रीको पुत्ला दहन गरिएको छ ।

माओवादी सम्बद्ध योङ्ग कम्युुनिष्ट लिग(बाइसीएल) र अखिल क्रान्तिकारीले उनीहरु दुबै जना विरुद्ध नाराबाजी गर्दै पुत्ला दहन गरेका छन् ।

dirghayi clinic

पुत्ला दहनका क्रममा उनीहरुले प्रधानमन्त्री ओली विरुद्ध केपी चोर, देश छोडको नारा समेत लगाएका छन् । उनीहरुले कुलमान घिसिङ्गलाई पुनर्वहाली गर्न समेत माग गरेका छन् ।

युवा विद्यार्थीले दहन गरेको पुत्लालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । पुत्ला दहनपछि उनीहरु नाराबाजी गर्र्दै माओवादी पार्टी कार्यालय पुगेका छन् ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य डम्बर कुँबरले सरकारले राजनीतिक प्रतिशोध साँधेर कुलमान घिसिङ्गलाई बर्खास्त गरेकाले विरोध गरिएको बताए ।

पुत्ला दहनको नेतृत्व कुँबर र वाइसिएलका कञ्चनपुर संयोजक तिलक जप्रेलले गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...