ghar sansar

कञ्चनपुरका नयाँ सिडिओले अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने

khasi

महेन्द्रनगर । कञ्चनपुरमा रोकिएको सार्वजनिक जग्गा अतिक्रमण हटाउने कार्यले फेरि निरन्तरता पाउने भएको छ । कञ्चनपुरका नयाँ प्रमुख जिल्ला अधिकारी लक्षण ढकालले अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने बताएका हुन् ।

प्रशासन कार्यालयमा बुधबार पत्रकारहरुसित परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकालले अतिक्रमण हटाउने अभियान पुनः सञ्चालन गरिने बताए ।

‘अतिक्रमण हटाउने अभियान छ, यसमा स्थानीय तहको नेतृत्व लिनु आवश्यक छ, स्थानीय तहसित सहकार्य गरी निरन्तरता दिइनेछ’ उनले भने ।

गृह मन्त्रालयले ढकाललाई केही दिन अघि कञ्चनपुर प्रशासन कार्यालयमा सरुवा गरेको थियो । ढकालले यस अघि कञ्चनपुरमा तत्कालिन जिल्ला विकास समितिको स्थानीय विकास अधिकारीको जिम्मेवारी वहन गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकालले सहभागी पत्रकारहरुबाट विभिन्न विषयमा सुझाव लिए । पत्रकारहरुले कञ्चनपुरमा सावर्जजनिक जग्गा अतिक्रमण हटाउने अभियान रोकिएकोबारे जानकारी गराएका थिए ।

सबै पत्रकारहरुले सुझाव दिएपछि आफूले बोल्ने क्रममा प्रमुख जिल्ला अधिकारी ढकालले सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानबारे आफ्नो धारणा राखेका थिए ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका गृहमन्त्री रवि लामिछानेले सार्वजनिक जग्गा अतिक्रमण हटाउने कार्य अघि बढाएका थिए । गृहमन्त्रालयको निर्देशनपछि प्रशासन कार्यालयले स्थानीय तहसित समन्वय गरी सार्वजनिक जग्गा अतिक्रमण खाली गर्ने अभियान सञ्चालन गरेका थिए ।

dirghayi clinic

प्रशासन कार्यालयको अगुवाईमा सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा अतिक्रमित सार्वजनिक जग्गाको लगत संकलन गरी प्रशासन कार्यालयमा पठाएका थिए ।

प्रशासन कार्यालयको अगुवाईमा महेन्द्रनगर बजार क्षेत्रमा भीमदत्त नगर विकास समितिको अतिक्रमित जग्गा खाली गरिएको थियो ।

भीमदत्त नगरपालिकाले जग्गा अतिक्रमण हटाउने अभियान सञ्चालन गरेको थियो । होटेल ओपेरा पछाडिबाट सुरु गरिएको जग्गा अतिक्रमण खाली गर्ने अभियान २०८१ जेठसम्म चलेको थियो ।

संसदका दुई ठूला दल काँग्रेस एमाले मिलेर सरकार बनाएपछि भीमदत्त नगरपालिकाको अतिक्रमण हटाउने अभियान सुस्त बनेको थियो । पछिल्लो समय भीमदत्तमा अतिक्रमण खाली गर्ने कार्यमा पूर्ण विराम लागेको छ । भीमदत्तका मेयर पदम बोगटी अभियानलाई निरन्तरता नदिई चुपचाप बस्नु पर्ने मनस्थितिमा पुगेका छन् ।

मेयर बोगटीको अतिक्रमण हटाउने अभियानको नेतृत्व नगर प्रवक्ता पदमराज अवस्थी र भीमदत्त नगरपालिका ४ का वडा अध्यक्ष सुशिल कुमार भट्टले गरेका थिए । अहिले उनीहरु दुबै जना आफ्नै वडाका दैनिक कामकाजमा व्यस्त भएका छन् ।

सार्वजनिक जग्गा अतिक्रमण अभियान खाली गर्ने क्रममा बाल संगठन र नेपाल खाद्य व्यापार कम्पनी लि.को जग्गामा बस्दै वासिन्दालाई जबरजस्ती हटाइएको थियो ।

कम्पनी र बाल संगठन दुबैको जग्गा भाडामा दिइएको थियो । खाद्य व्यापार कम्पनीको जग्गा कब्जा गरी वस पार्क बनाइएको छ ।

भीमदत्त नगरपालिकाले कम्पनीसित सल्लाह नगरी कम्पनीको जग्गा अतिक्रमण गरी वसपार्क बनाएको छ । यसबारे कम्पनीका अधिकारीहरु आधिकारिक रुपमा बोल्न डराउने गरेका छन् ।

यातायात व्यवसायीले केही महिना अघि कम्पनीका कार्यालय प्रमुखलाई जग्गा प्रवेश गर्न रोकेका थिए ।

Himal dental
सम्बन्धित
Loading...