ghar sansar

दोधारा चाँदनीमा वडा अध्यक्ष वस्नतेले बाँडे बोरिङ्ग, किसान हर्षित

khasi

महेन्द्रनगर । दोधरा चाँदनी नगरपालिका–६ का ४९ किसानलाई सिँचाइ बोरिङ्ग वितरण गरिएको छ । वडा कार्यालयको ५० प्रतिशत अनुदानमा किसानलाई सिँचार्ई बोरिङ वितरण गरेको हो ।

सिँचाइको समस्यालाई मध्यनजर गदैँ बोरिङ वितरण गरिएको वडाध्यक्ष ओम बस्नेतले बताए । उनका अनुसार सिँचाइ सुविधा नहुदाँ किसानले खेतीपातिका लागि आकासे पानिको भर पर्नुपर्ने, चर्को मुल्य तिर्नुपर्ने बाध्यता रहेको थियो ।

‘वडा कार्यालयले वडाबासिका समस्याहरुलाई मध्यनजर गदैँ काम गरिरहेको छ ।’ वडाध्यक्ष बस्नेतले भने ‘सिँचाइ सुविधा भयो भने कृषि उत्पादन बढ्छ, कृषकलाई आत्म निर्भर बन्न सहयोग पुग्ने विश्वास लिएका छौँ ।’

dirghayi clinic

स्थानीय किसान ईश्वर कुमार थापाले बोरिङ पाएपछि सिचाइका लागि सहज हुने बताए । उनले पैसा तिरेर सिँचाइ गर्नुपर्ने बाध्यता रहेको बताउँदै अगामी दिनमा आफ्नै बोरिङबाट सिँचाइ गर्दा लागत पनि घट्ने बताए । वडा कार्यालयले किसानको घरमै पुगेर बोरिङ जडानको व्यवस्था गरेको छ ।

त्यस्तै अर्का किसान कृष्णानन्द भट्टले सिँचाइ नहर नभएकोले भुमिगत सिँचाइ अत्या–आवश्यक रहेको बताउँदै त्यसलाई वडा कार्यालयले सम्बोधन गरेकोमा धन्यवाद समेत दिए ।

उनले सिचाँई अभावका कारण किसानको लागत बढ्ने उत्पादन न्यून हुने समस्या रहेको बताउँदै सिचाइ सुविधापछि किसानलाइ राहत हुने बताए । साथै बेमौसमी तरकारी खेतीका लागि पनि सिँचाइ सुविधाले प्रोत्साहन गर्ने उनको भनाई छ ।

त्यस्तै स्थानीय किसान ईश्वरी रावतले विगतमा सिचाँई नहुदाँ समस्या हुने गरेको बताउँदै धेरै वर्षपछि सिँचाइ बोरिङ मिलेकोमा खुसी व्यक्त गरिन् । उनले भाडाको सिँचाइ बोरिङका लागि प्रतिघण्टा दुई सय रुपयाँ तिदैँ आएकोमा आफ्नै बोरिङ हुदाँ किसानलाई सहज हुने बताईन् ।

Himal dental
सम्बन्धित
Loading...