ghar sansar

कञ्चनपुरमा शिक्षा अधिकार तथा अनुगमन समिति गठन, संयोजकमा सिलाल

khasi

महेन्द्रनगर । शिक्षा अधिकार तथा अनुगमन समूह काठमाडौको सहकार्यमा कञ्चनपुरको शिक्षा क्षेत्रको अवस्था सुधारका लागि सम्बन्धित निकायलाई अनुगमन मार्फत सुझाव दिने अभिप्रायका साथमा कञ्चनपुरमा नागरिक अगुवाहरुको भेलाले गैसस महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष नरेश सिलालको संयोजकत्वमा ९ सदस्यीय शिक्षा अधिकार तथा अनुगमन समिति गठन भएको छ ।

समिति सदस्यहरुमा अमिर तिरुवा,सिता बोहरा,भगवती थापा,अम्बादत्त जोशी,जानकी जोशी,शारदा जोशी,अनिता थापा,गिता ओली छन् । कार्यक्रमका शिक्षा अधिकार अनुगमन समुहका राष्टिय संयोजक नरेन्द्र डंगोलले सबैलाई खादा माला तथा टिका लगाई बधाई दिए ।

dirghayi clinic

कार्यक्रममा बालबालिकाहरुले विद्यालयको खाजा कार्यक्रम तथा बिद्यालयको अवस्थाका बारेमा बृहत छलफल गरिएको थियो भने कञ्चनपुर जिल्लामा रहेका सामुदायिक बिद्यालयहरुले कस्तो प्रकारका खाजा खुवाईरहेको छ भन्ने बिषयमा समेत नागरिक संस्थाहरुको प्रमुखबाट जानकारी लिए ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघका उपमहासचिव द्धय भवराज रेग्मी र किरण थापा कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जन,लुनिभा नेपालका अध्यक्ष डा. रुपा मुनाकर्मी,लुनिभाका कार्यक्रम संयोजक कृष्ण गोबिन्द महर्जन लगायतको उपस्थितीमा समिति गठन गरिएको छ ।

गैसस महासंघका कञ्चनपुरका उपाध्यक्ष तथा स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले सञ्चालन गरेको कार्यक्रममा सचिव अञ्जु भट र सिता बोहराले स्वागत मन्तव्य राखेका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...