ghar sansar

भीमदत्त ९ का वडा अध्यक्ष कार्कीका छोरामाथि कुटपिट, धनगढी रेफर

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष गगन कार्कीका छोरामाथि कुटपिट भएको छ । भीमदत्त नगरपालिका ९ स्थित तिलाती खोलामा वडा अध्यक्षका छोरा दिनेश कार्कीमाथि चार जनाले कुटपिट गरेका छन् ।

कुटपिटमा संलग्न चार जनालाई सशस्त्र र जनपद प्रहरीले नियन्त्रणमा लिएर सीमा प्रहरी चौकी ब्रह्मदेबमा राखिएको छ ।
उनीहरुलाई केही समयपछि जिल्ला प्रहरी कार्यालय ल्याउन लागिएको छ ।

dirghayi clinic

कुटपिटबाट कार्कीको टाउको र छातीमा चोट लागेको छ । महाकाली प्रादेशिक अस्पतालबाट उनलाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।

गहुँताणी आउने बेलामा खोलामा नदीजन्य पदार्थ संकलन गरि रहेका स्थानीय खडक सिह धामी लगायतसित विवाद भएपछि कार्कीलाई कुटपिट गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

धामी सहितलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । भीनपा ९ का वडा अध्यक्ष कार्कीले विना कारण दिनेशलाई कुटपिट गरी घाइते बनाएको बताए ।

Himal dental
सम्बन्धित
Loading...