ghar sansar

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो

khasi

महेन्द्रनगर । संयुक्त रुपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईएको छ । बिहीबार विभिन्न कार्यक्रम गरी १३६ औँ अन्र्तराष्ट्रिय श्रमिक दिवस मनाइएको छ ।

काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र मजदुर दिवस मनाएको जनाएको छ । नेपाल नाई संघ कञ्चनपुरका अध्यक्ष एव मजनदुर नेता राम सोगारथ ठाकुरले संयुक्त रुपमा दिवस मनाएको बताए ।

dirghayi clinic

उनका अनुसार अनाथालयमा फलफुल वितरण एव छलफल गरिएको बताए । छलफलमा मजदुरकोे सुरक्षाको विषयमा छलफल गरिएको छ ।

यसैबीच परिपुर्ण लोकतान्त्रीक गणतन्त्रको निरन्तरता, श्रमजीवी वर्गको सम्मान,सम्वद्धि र र सिर्जनशिलता भन्ने नाराका साथ नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) कञ्चनपुर ले अन्तराष्ट्रिय श्रमिक दिवश(मे दिवश) को मनाएको छ ।

सो अवसरमा झारखण्डमा सम्पन्न एसियाली कराँते प्रतिस्पर्धामा दुई पदक बिजेता श्रमिकका छोरालाइ सम्मानपत्र सहित नगद रकम र खादा ओढाइ सम्मान गरिएको छ ।

जिफन्ट प्रदेश उपाध्यक्ष ठक्कर बिष्टको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा जिफन्ट संयोजक भोज ऐर, चन्द्रराम बिक,खडक मगर, लगायत नेता सहभागी भए । कार्यक्रम सञ्चालन सह सचिब खुम बहादुर शेर्पाले गरे ।

 

Himal dental
सम्बन्धित
Loading...