ghar sansar

दोधारा चाँदनीमा वडा अध्यक्ष रोकायाले धमाधम बनाउँदै सडक

little buddha academy
khasi

महेन्द्रनगर । स्थानीय तहले जनप्रतिनिधि आएपछि गाउँ घरका साँघुरा तथा बन्द भएका सडक खण्ड खोल्नुका साथै नयाँ सडक विस्तारका कार्य धमाधम भएका छन् ।

वडालाई सडक सञ्जालमा जोड्न विगतका दिनदेखि वडा अध्यक्ष ओम प्रकाश रोकायाले विभिन्न कार्य गर्दै आएका छन ! अहिले आफ्ना वडा का विभिन्न टोलमा गरी कम्तिमा ३ दशमलवब ५ किलोमिटर भन्दा बढी सडक सञ्जामना जोड्न कस्सिएका वडा अध्यक्ष ओम प्रकाश रोकाया सफल भएका छन् ।

,orning glory badhai

हालै जोगबुडा नदीले छोएको वर्षनी बाढी क्षति ग्रस्त तनाव ग्रस्त हुने क्षेत्र दोधारा चादनी नगरपालीका वडा न.८ को जर्का टोल मा कृष्णा बेकरी उद्योगदेखि पश्चिम तर्फ दल बहादुर खड्काको घर हँुदै भारतको सीमा क्षेत्र जाने सडक खण्डसंग जोड्न गएको र यसको लम्बाई ५ सय ५० मिटर र चौडाई सरकारको सडक खण्डका लागि चाहिने चौडाई ६ मिटर छुट्टाईएको वडा अध्यक्ष ओम प्रकाश रोकायाले बताए ।

dirghayi clinic

आफू निर्वाचित भएपछि आफ्नो वडाको जुनसुकै कुनामा पनि आकास्मिक सेवाको सुविधा एम्बुलेन्स, दमकल जस्ता अति आवश्यक सेवा सुविधा र अन्य सेवाहरु पनि घर आँगनमै पु¥याउने लक्ष्य राखि आफु मैदानमा उत्रिएको अध्यक्ष रोकाया बताउँछन् ।

बाटोको अभाव झेल्दै आएको उक्त टोलका स्थानिय वडा अध्यक्षले आफ्नो क्षेत्रको सडक मुख्य सडकँसंग जोडिन थालेसगै खुसियाली छाएको स्थानीय वासी दल बहादु्र खड्का बताउँछन् ।

आफ्नो कार्यकाल सम्म शिक्षा, स्वास्थ्य क्षेत्रमा एउटा नया आयाम को सुरुवात गर्ने वडा अध्यक्ष ओम प्रकाश रोकाया बताउछन् ।

 

Himal dental
सम्बन्धित
Loading...